arrow

उमेश यादवले बनाए यस्तो कीर्तिमान

logo
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
umesh-yadav.jpg

काठमाडौं । भारतीय बलर उमेश यादवले नयाँ कीर्तिमान बनाएका छन् । उनले राँचीमा जारी दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्ट क्रिकेटका दौरान नयाँ कीर्तिमान बनाएका हुन् । 

उनले बलिङबाट नभई ब्याटिङबाट कीर्तिमान बनाएका हुन् । उनले जर्ज लिन्डेको बलमा जमेर प्रदर्शन गर्दै १० बलमा ३१ रन बनाए । 

उनी अन्तिम क्रममा आउने बलरले बनाएको कीर्तिमान तोडेका हुन् । उनले टेष्ट क्रिकेटको इतिहासमा सर्वाधिक स्ट्राइक रेट बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । 

उनले मैदानमा आउना साथ सुरुआती दुई बलमै दुई छक्का लगाएका थिए । उनले ३१० को स्ट्राइक रेटमा रन जोडेका थिए । 

उनले पाँच छक्का हानेका थिए र ती सबै जर्ज लिन्डेका विरुद्धमै थिए । उनले केवल एक मात्र सिंगल रन लिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ