arrow

रोहित शर्माले तोडे ब्रेडम्यानको रेकर्ड

logo
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
rohit-sharma-don-bradman.jpg

काठमाडौं । भारतीय ब्याट्सम्यान रोहित शर्माले सर डन ब्रेडम्यानको रेकर्ड तोड्न सफल भएका छन् । उनले घरेलु मैदानमा टेष्ट क्रिकेटको औसत ९९.८४ बनाउन सफल भएका छन् । 

रोहितले घरेलु मैदानमा १० भन्दा कम इनिङमा सबैभन्दा अधिक औसतको साथ रन बनाउने रेकर्ड बनाएका छन् । उनले अष्ट्रेलियाका सर्वकालीन महान् खेलाडी ब्रेडम्यानको रेकर्ड तोडेका हुन् । 

ब्रेडम्यानले सन् १९२८ देखि १९४८ को बीचमा घरेलु मैदानमा खेलेका ३३ टेष्टमा ९८.२२ को औसतमा ४३३२ रन बनाएका थिए । यहीं रोहितले १८ इनिङमा १२९८ रन बनाएका छन् । 

रोहितले राँचीमा जारी दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्टमा २१२ रन बनाएसंगै ७१ वर्ष पुरानो ब्रेडम्यानको रेकर्ड तोडिएको हो । रोहितले जारी सिरिजको चार इनिङमा ५२९ रन बनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ