arrow

रोकियो लिभरपुलको जितको यात्रा, जोगियो हार  

logo
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
liverpool26.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलको जितको यात्रा रोकिएको छ । लिभरपुलले आइतबार राति म्यान्चेस्टर युनाइटेडसँग बराबरीमा चित्त बुझाउँदा निरन्तर ८ जितको यात्रा रोकिएको हो । 

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुलले १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ३६ औं मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ८५ औं मिनेटमा एडम लालनाले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

बराबरीमै रोकिए पनि लिभरपुलको अपराजित यात्रा भने कायमै छ । 

अंक तालिका
लिभरपुल ९ खेलबाट २५ अंक, दोस्रो स्थानको म्यान्चेस्टर सिटीको १९ अंक, तेस्रो स्र चौथो स्थानको लेस्टर सिटी र चेल्सीको १७ अंक, ८ खेलबाट १५ अंकको आर्सनल पाँचौं स्थानमा छ । 

१४ अंकबाट क्रिस्टल प्यालेस छैटौं स्थानमा छ । टोटनह्याम हट्सपर, बर्नली, एएफसी बर्नमाउथ र वेष्टह्यामको १२ अंक छ । 

१० अंकबाट म्यान्चेस्टर युनाइटेड १३ औं स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ