arrow

अटिजम भएका नेपाली बालकद्धारा पोर्चुगलमा म्याराथन दौड पूरा 

logo
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
autism-child-race.jpg

लिस्बन । एक अटिजम भएका नेपाली बालकले म्याराथन दौड पूरा गर्न सफल भएका छन् । पोर्चुगलमा भएको लिस्बन मिनी म्याराथनमा ७ वर्षे बालकले दौड पूरा गर्न सफल भएका हुन् । 
 
म्याराथन क्लब पोर्चुगलको आयोजनामा शनिबार राजधानी लिस्बनमा भएको “ईडीपी मिनी च्याम्पियन्स म्याराथन” मा ७ बर्षीय युरेश पाण्डेले २ किमी दौड पूरा गर्न सफल भएका हुन् । 

पाण्डेसंगै उनका भाई ५ बर्षीय युरेक पाण्डेले पनि सो दौड पूरा गर्न सफल भएको उनका अभिभावक गणेश पाण्डेले जानकारी दिए । 

बोल्न नसक्ने बौद्धिक अपागंता भएका आफ्ना छोराले मिनी म्याराथनमा सहभागी भई दौड पूरा गर्दा आफूलाई निकै खुशी लागेको पाण्डेले बताए । 

युरेश र युरेक दुबै दाजुभाइले नेपालको राष्ट्रिय झण्डासहित प्रतियोगितामा सहभागीता जनाएका थिए । 

४ देखि ७ बर्ष सम्मका झण्डै ५ सय बालबालिकाहरुबीच भएको प्रतियोगितामा दौड पूरा गर्ने बालबालिकाहरुलाई मेडल प्रदान गरिएको थियो । 

बालबालिकाहरुलाई प्रोत्साहन गर्नका लागि क्लबले हरेक बर्ष बालबालिकाहरुका बिच दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । 

अटिजम भएका छोराको हौशला बढाउन तथा बालबालिकाहरुसंग घुलमिल गराई थप प्रोत्साहित गर्नका लागि उक्त प्रतियोगितामा सहभागी गराएको पाण्डेले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ