arrow

दशैँमा टिका लगाएर संकलन भएको नगद विद्यालयलाई

logo
कौरव खत्री,
प्रकाशित २०७६ कार्तिक ४ सोमबार

गुल्मी । गुल्मीकी एक छात्रा विद्यार्थीले दशैँमा टीका लगाएर संकलन भएको नगद पैसा एक विद्यालयलाई दान गरेकी छन् ।

मदाने गाउँपालिका वडा नम्वर ३ की १५ वर्षीय बसुधा जिसीले दशैँमा टीका लगाएर संकलन भएको नगद पाँच हजार, एक सय रुपैया मालिका गाउँपालिका ८ मा रहेको मालिका माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेकी हुन् ।

विद्यालयमा सञ्चालन भइरहेको शैक्षिक तथा धार्मिक महोत्सवको अवसरमा उक्क्त रकम सहयोग गरेकी हुन् ।

साथै विद्यार्थी जिसीले भनिन् ‘आफूले पढ्दै गरेको विद्यालयले निकै ठूलो पवित्र कार्य भइरहेको यस पवित्र कार्यमा आफूले पनि केही सहयोग गर्नुपर्ने सोचका साथ विद्यालयलाई रकम प्रदान गरेको उनले  बताइन् ।

साथै उनले आफूले जस्तै अन्य विद्यार्थीलाई समेत सहयोग गर्न अपिल गरेकी छन् । मालिका माध्यमिक विधालयले सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थको लागि असोज २७ देखि शुरु भएको महायज्ञको सोमवारसम्म चल्नेछ ।

विद्यार्थी जिसी सोही विद्यालयको कक्षा ११ मा शिक्षा शास्त्रमा अध्ययनरत विद्यार्थी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ