arrow

पत्रकारहरुको अन्तर्राष्ट्रिय सम्मेलन कोरियामा

logo
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
fnj4.jpg

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सम्मेलन कोरियामा हुने भएको छ । अन्तराष्ट्रिय सम्बन्ध समितिको काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षमा नेपाल पत्रकार महासंघको कार्यलयमा बसेको बैंठकले विश्वभरीका नेपाली पत्रकारहरु सहभागी हुने गरी कोरियामा बैंठक गर्ने निर्णय गरेको हो । 

कोरिया शाखाको आतिथ्यमा अन्तराष्ट्रिय सम्बन्ध समितिले आफ्नो बैठक कोरियामा गर्ने र शाखा संचालन सम्बन्धि नियमावली संसोधन प्रस्ताव समेत तयार गर्ने समितिका सदस्य सचिव भुपराज बस्यालले जानकारी दिए । 

यसैगरी बैठकमा सहभागी अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुले उठाएको विषयहरुको छलफल गर्ने र आगामी कार्यदिशा तयार गर्नको लागि कोरियामा बैंठक गर्ने गरी निर्णय भएको पनि बस्यालले जानकारी दिए ।

समितिको काठमाडौमा बसेको बैंठकमा दामोदर नेपालले मध्यपूर्वको प्रतिवेदन, आङछिरिङ शेर्पाले युरोप, अमेरिका लगायतको प्रतिवेदन पेश गरेका थिए । यसैगरी पत्रकार महासंघ कोरिया शाखा अध्यक्ष रञ्जनराज कुवँरले आफूहरु पहिले देखिनै पत्रकारहरुको विश्वस्तरीय सम्मेलन गर्न तयारी अवस्थामा रहेको जानकारी दिएका छन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ