arrow

फ्यानहरु जलसा बाहिर कुरेर बसे तर अमिताभ आएनन्

logo
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
Amitabh-fan-1.jpg

काठमाडौं ।  प्रत्येक आइतवार बलिउड महानायक अमिताभ बच्चनको बंगला जलसा बाहिर प्रशंसकको भिड लाग्छ । बच्चन पनि बाहिर आउँछन् र शुभचिन्तकहरुलाई भेट्छन्। तर हिजो (आइतवार) यस्तो हुन सकेन। सामान्य रूपमा फ्यानहरू त्यहाँ पुगे पनि अमिताभ बाहिर आएनन् र उनीहरूलाई भेट्न सकेनन्। सुपरस्टार आफैले ट्विटरमा यो जानकारी दिएका छन्। प्रशंसकहरूसँग भेट नगरेकोमा उनीहरूसँग माफी पनि मागेका छन्।

जलसाको बाहिर जम्मा भएको भीडको तस्बिर शेयर गर्दै बिग बीले ट्वीटमा लेखे, 'म सधै अस्वीकार गर्छु। तर पनि उहाँहरु आइतवार भेटका लागि आउनुहुन्छ । माफ गर्नुहोस् .... बाहिर आउन सकिन।'

गत हप्ता अमिताभ बच्चन बिरामी भएको समाचार बाहिरिएको थियो । साथै उनलाई मुम्बईको नानावटी अस्पतालमा तीन दिनसम्म भर्ना गर्नुपरेको बताइएको थियो। शुक्रबार साँझ उनी छोरा अभिषेक र श्रीमती जयाको साथ कारमा देखिएका थिए । जुन भिडियो भाइरल भएको थियो । भिडियो अस्पतालबाट उनको डिस्चार्ज पछिको भएको बताइएको थियो। यद्यपि अस्पतालसँग सम्बद्ध स्रोतहरूले भने बच्चन नियमित जाँचको लागि आएको बताएको छ ।

बच्चनले आफ्नो बिरामीको बारेमा मिडियामा आएको समाचार प्रति दु:ख व्यक्त गर्दै ब्लगमा लेखे, 'कृपया पेशेवर कागजातको नियम तोड्नु हुँदैन। बिरामी हुनु र उपचार पाउनु गोप्य अधिकार हो। यो शोषण हो र यसको व्यवसायिकप्रयोग गर्नु सामाजिक रूपमा गलत छ। सम्मान गर्नुस र कुरा बुझ्नुहोस्। विश्वमा सबै कुरा बिक्रीको लागि हुदैन।'

यसअघि सन् १९८२ मा कुल्लीको सुटिङ्गको बेला फिल्मको सेटमा अमिताभको पेटमा गहिरो चोट लागेको थियो । यस घटनापछि, अमिताभको अपरेसन करीव ७२ घण्टासम्म पनि गरिएको थिएन, जसको कारण उनीको समस्या अझ बढ्यो। जब अमिताभलाई अस्पतालमा भर्ना गरियो, तब उनी जीवन र मृत्युसँग संघर्ष गरिरहेका थिए ।

यस अवधिमा, अमिताभ बच्चनले अस्पतालमा लामो लडाई लडे ।  उनलाई सो समय डाक्टरहरूले क्लीनिकली डेड घोषित गरेका थिए । तर अमिताभले अस्पतालमा लगभग २ महिना बिताएपछि ठिक भए । संसारभरका प्रशंसकहरूले धार्मिक स्थालहरूमा पुगेर उनको लागि प्रार्थना गरेका थिए ।

अमिताभ बच्चन स्वस्थ भएर  घर फर्किदा दर्शकहरु सडकमा थिए ।  मुम्बईका सडकहरू उनका पोस्टरहरूले भरिएको थियो । उनका लागि मानिसहरूले पूजा हवन समेत गराएका थिए।  मानिसहरूको भीड उनको घरमा उनलाई पर्खिरहेका थिए। घर पुगेपछि उनले हात हल्लाएर आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद दिएका थिए । सोहि क्रमम आज पनि चल्दै आएको छ । अमिताभ बच्चन प्रत्येक आइतबार आफ्नो घर बाहिर फ्यानहरुसँग भेट्ने गर्छन् । उनका फ्यान उनको एक झलक पाउन बिहानै बाहिर जम्मा हुने गर्छन् । यहि क्रम ३७ बर्षदेखि चल्दै आएको हो ।

हालै अमिताभ बच्चन आफैले कलेजोको ७५ प्रतिशत प्रतिशत बिग्रेको र २५ प्रतिशत कलेजोको साथ मात्र जीवन बिताइरहेको बताएका थिए ।

एक कार्यक्रमका क्रममा अमिताभ बच्चनले भनेका थिए,'  मलाई यो भन्नमा कुनै आपत्ति छैन कि म क्षयरोग (टीबी) र हेपेटाइटिस बीबाट पीडित छु । मलाई यो पनि थाहा भएन लगभग ८ बर्षदेखि मलाई क्षयरोग लागेको छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ