arrow

'धूम' पछि 'वार' बन्नेछ यशराज फिल्म्सको नयाँ फ्रेन्चाइजी, ऋतिकसँग सधै नयाँ हीरो

logo
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
war.jpg

काठमाडौं । यशराज फिल्मसका लागि यस बर्ष खुशीको बर्ष रह्यो। अक्टुबर २ मा रिलीज भएको फिल्म 'वार'ले लगभग ३०० करोड भारतीय रुपैयाँ संकलन गरिसकेको छ । फिल्म लगातार नयाँ रेकर्ड बनाउदै छ।

'वार'ले पहिलो दिन ५३.५३ करोडको ओपनिङ गर्दै  यशराज ब्यानरको अघिल्लो फिल्म ठग्स अफ हिन्दोस्तानको सबैभन्दा ठुलो ओपनिङ रेकर्ड तोड्यो र सन् २०१९ को सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म बन्यो। यो सफलतालाई ध्यानमा राख्दै, धूमपछि, अब 'वार' यशराज फिल्महरूको नयाँ फ्रेन्चाइजी बन्ने तर्फ अघि बढेको छ।

'वार' को निर्माण दुई वर्ष पहिले शुरू भएको थियो । कलाकारहरू त्यस समयको प्रचलित पारिश्रमिक अनुसार साइन गरेका थिए। फिल्मको निर्माण बजेट शुल्क र पारिश्रमिक सहित १५० करोड थियो। यसका साथै, ऋतिक एक सम्झौताको आधारमा फिल्मको नाफामा पनि एक सहभागी छन्। धूम पछि, अब 'वार' यश राज ब्यानरको अर्को फ्रेन्चाइजी हुनेछ, जहाँ ऋतिक रोशनको अपोजिटमा हरेक पटक नयाँ अभिनेता देख्न सकिनेछ।

२०१९  हिन्दी चलचित्रका लागि उत्कृष्ट साबित भएको छ। 'वार'को सफलताले यस तथ्यमा मोहर लगाएको छ । बलिउडका दर्शकलाई ध्यानमा राखेर राम्रोसँग बनाइएका  ठूला चलचित्रहरू सँधै दर्शकले मन पराउछन्  र दर्शकहरू पनि फिल्म हेर्न सिनेमाघरहरूमा जान्छन्। 'वार'का लागि यशराज ब्यानरले देश भित्र र बाहिर उच्च स्तरमा अभियान चलाएको थियो र महिनौं अगाडि प्रचार सम्बन्धी कार्यक्रमहरू आयोजना हुन थालिसकेका थिए। यश राज फिल्मसले चाँडै 'वार' २ को आधिकारिक घोषणा गर्ने आशा गर्नसकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ