arrow

पाँचथरबाट यस वर्ष २३ करोड ८० लाख रुपैया वढिको सुन्तला निर्यात

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७२ चैत २५ बिहिबार
orange.jpg.jpeg
पाँचथर। यस वर्ष सुदूरपूर्वी पहाडी जिल्ला पाँचथर बाट २३ करोड ८० लाख ३३ हजार रुपैयाँ वरावरको सुन्तला जिल्ला बाहिर निर्यात भएको छ। गत साउन देखि चैत्र १५ गतेसम्ममा ४ हजार ३ सय २८ मेट्रिकटन सुन्तला निर्यात भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरका कृषि प्रसार अधिकृत निलकोमल सिंहले जानकारी दिए।
 
यस्तै गत आर्थिक वर्ष ०७१/०७२ मा २२ करोड ७६ लाख १० हजार रुपैयाको सुन्तला निर्यात भएको थियो। गत आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा सुन्तलाको उत्पादन क्षेत्रफल वृद्दि भएकोले उत्पादन र निर्यात दर पनि वढेको हुन सक्ने कृषि प्रसार अधिकृत सिंहले वताए।
 
गत आर्थिक वर्ष ६ सय ७ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तला यस आर्थिक वर्षमा भने ६ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको थियो। जिल्लाबाट उत्पादन भएको सुन्तला झापाको विर्तामोड, दमक, धुलावारी हुँदै भारत तथा काठमाडौं सम्म निर्यात हुने गरेको छ।
 
जिल्लाको फिदिम नगरपालिका, नाँगी, लुम्फाबुङ, आङसराङ, चिलिङदेन, कुरुम्बा, रानीगाउँ गाविस सुन्तला पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ। यी स्थानमा बगानमै ब्यापारीहरु आएर सुन्तला खरिद गरी लैजाने गर्दछन्। 
 
यूरिया मलको वढ्दो प्रयोगले माटोको अम्लियपना वढ्दै
युरिया मलको बढ्दो प्रयोगले माटोको अम्लियपना बढ्दै गएको छ। जिल्लाको आङ्सराङ र अमरपुरमा कृषि प्राविधिकहरुले गरेको माटो परीक्षणले अम्लियपना बढेको देखाएको हो।
 
युरिया मलको चाहिने भन्दा बढि प्रयोग,घरायसी मलको प्रयोग कम र अम्लिय वर्षाका कारण माटोमा अम्लियपना बढ्ने जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी सिंहले बताए। अम्लियपना बढ्दा माटोको उर्भराशक्ति घट्न गई उत्पादकत्वमा गिरावट आउने गरेको उनले बताए।
 
यसले गर्दा कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम सहितको बजेट पुस्तिकामा कृषि चुनको माग बढि राखिएको छ। यस वर्ष ५ मेट्रिक टन चुन वितरण गरिएको छ। आगामी आर्थिक वर्षमा १० मेट्रीकटन चुन किसानलाई दिइने गरी पुस्तिकामा बजेट सहितको कार्यक्रम उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ