arrow

आर्सनल स्तब्ध, गुमायो तेस्रो हुने अवसर 

logo
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
arsenal20.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा आर्सनलले तालिकाको तेस्रो स्थानमा पुग्ने अवसर गुमाएको छ । सोमबार राति भएको खेलमा नवप्रवेशी क्लब सेफिल्ड युनाइटेडसंग १–० गोल अन्तरले पराजित हुँदा उक्त अवसर गुमाएको हो ।

घरेलु मैदानमा सेफिल्डका लागि ३० औ मिनेटमा मौसेटले विजयी गोल गरेका थिए । आर्सनलले गोल गर्नुको सट्टा चार खेलाडीले पहेंलो कार्ड खाएका थिए । आर्सनलका निकोलस पेपेले अन्तिमतिर गोल गर्ने अवसर गुमाएका थिए ।

अंक तालिका
लिभरपुल ९ खेलबाट २५ अंक, दोस्रो स्थानको म्यान्चेस्टर सिटीको १९ अंक, तेस्रो र चौथो स्थानको लेस्टर सिटी र चेल्सीको १७ अंक, ८ खेलबाट १५ अंकको आर्सनल पाँचौं स्थानमा छ । 

१४ अंकबाट क्रिस्टल प्यालेस छैटौं स्थानमा छ । टोटनह्याम हट्सपर, बर्नली, सेफिल्ड युनाइटेड, एएफसी बर्नमाउथ र वेष्टह्यामको १२ अंक छ । 

१० अंकबाट म्यान्चेस्टर युनाइटेड १३ औं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ