arrow

बालोन डी’ओरको अन्तिम ३० को सूची आयो, लिभरपुलका सात खेलाडी 

मेस्सी, रोनाल्डो, ब्रुईन, अग्युरो, बेन्जेमा, हजार्ड र एम्बाप्पे पनि सूचीमा 

logo
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
liverpool17.jpg

काठमाडौं । बालोन डी’ओर फुटबल पुरस्कारका लागि प्रारम्भिक सूची सार्वजनिक भएको छ । सोमबार राति जारी भएको ३० जनाको सूची आएको हो । सूचीमा इंगलिश क्लब लिभरपुलको दबदबा देखिएको छ ।

लिभरपुलका ७ खेलाडी परेका छन् । लिभरपुलका मोहम्मद सलाह, साडियो माने, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, भर्गिल भान डिक, जर्जिन्हो विजनाल्डम र एलिसन अवार्डको सूचीमा परेका हुन् ।

यस्तै अर्को इंगलिश क्लब म्यान्चेष्टर सिटीका ५ खेलाडी सूचीमा परेका छन् । रहिम स्टर्लिङ, रियाद महरेज, केभिन डी ब्रुईन, बर्नाल्र्डो सिल्भा र सर्जियो अग्युरो सूचीमा छन् ।

तेस्रो इंगलिश क्लब टोटेनहम हट्सपरका ह्युगो लोरिस र सन ह्युङ मिनसमेत सूचीमा अटाएका छन् । 

चौथो इंगलिश क्लब आर्सनलबाट पियरिक एम्रिक अबुमियाङ समेत टोलीमा अटाएका छन् ।

यता पछिल्लो एक दशकमा दबदबा बनाउँदै आएका स्पेनिश क्लब बार्सिलोनाका लियोनल मेस्सी र इटालियन क्लब युभेन्ट्सका खेलाडी क्रिष्टियानो रोनाल्डो पनि अटेका छन् । 

बार्सिलोनाबाट मेस्सीसहित फ्रेनकी डी जोङ, एन्टोइन ग्रिजम्यान र मार्क आन्दे टेर स्टेगन पनि परेका छन् ।

स्पेनिश क्लब रियाल मड्रिडका इडेन हजार्ड र करिम बेन्जेमा पनि सूचीमा परेका छन् । 

अर्को स्पेनिश क्लब एथलेटिको मड्रिडबाट जो फेलिक्स रहेका छन् । 

त्यस्तै आयाक्सबाट डुसान टाडिक र डोनी भान डे बीक, पीएसजीबाट केलियन एम्बाप्पे र माक्र्विनोस, नापोलीबाट कालिडु कौलीबाली, बायर्न म्युनिखबाट रोबर्ट लेवान्डोस्की र युभेन्ट्सका माथिज् डे लिट् पनि अन्तिम ३० को सूचीमा अटेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ