काठमाडौं। च्याम्पियन्स लीग क्वार्टरफाईनलको पहिलो लेगमा रियाल मड्रिड उल्फ्सबर्गसँग २-० गोलले पराजित भएको छ। सन् २००४मा क्वार्टरफाईनलमा पराजित भएको मड्रिड १२ बर्षमा पहिलो पटक पराजित भएको हो।
कमजोर रक्षात्मक खेल र उल्फ्सवर्गको लगातारको आक्रमणले मड्डरिड पराजित भएको हो। खेलको १८औं मिनेटमा रिकार्डो रोड्रिगेजले पेनाल्टी मार्फत आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। आन्द्रे स्रुलले क्यासेमिरोलाई फाउल गरेपछि पाएको पेनाल्टीमा रोड्रिगेजले पहिलो गोल गरेका थिए।
खेलको २५औं मिनेटमा म्याक्सिमिलियन आर्नोल्डले गोल गर्दै अग्रता २-०को बनाएका थिए। रियालले केही राम्रा आक्रमण गरे पनि गोलमा परिणत गर्न सकेन्।
दोस्रो लेग आफ्नो घरेलु मैदानमा खेल्ने रियालले कस्तो खेल्छ त्यो हेर्न लायक हुनेछ। रियालका ब्यवस्थापक जिदानेले दोस्रो लेगमा रियाल फिर्ता हुने बताएका छन्।
म्यान सिटी - पिएसजी
म्यान सिटी र पिएसजीले च्याम्पियन्स लीगको क्वार्टरफाईनल खेलको पहिलो लेग बराबरी खेलेका छन्। पिएसजीको गृह मैदानमा २-२ गोलको बराबरीमा सकिएको खेलको दोस्रो लेग सिटीको गृह मैदानमा हुनेछ।
खेलको ३८औं मिनेटमा केविन डे ब्रुनीले पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्को लगत्तै ईब्राहमोविचले ४१औं मिनेटमा गोल गर्दै खेल १-१को बराबरीमा पुर्याएका थिए। खेलको १४औं मिनेटमा पाएको पेनाल्टी ईब्राहमोविचले गोल गर्न सकेन्न। उनको प्रहारलाई सिटीका गोल रक्षक जो हार्टले रोकेका थिए।
५९औं मिनेटमा एड्रियन राबिओटले पिएसजीकालागि दोस्रो गोल गर्दै २-१को अग्रता दिलाएका थिए। ७२औ मिनेटमा फरनान्डिन्होले गोल ग्दै खेल २-२को बराबरीमा पुर्याएका थिए। खेलको पहिलो मिनेटमा पिएसजीका डिफेण्डर तथा ब्राजिलियन खेलाडी डेविड लुईजले पहेंलो कार्ड पाएका थिए।