arrow

गांगुलीले कोहलीसंग अफिसियल हैसियतमा कुरा गर्ने 

logo
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
kohli-ganguly.jpg

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले कप्तान विराट कोहलीसंग अफिसियल हैसियतमा कुरा गर्ने भएका छन् । 

सोमबार उनले कोहलीलसंग बीसीसीआईको अध्यक्षले कप्तानसंग गर्ने भेटकै हैसियतमा कुराकानी गर्ने बताएका हुन् ।  

गांगुली बिहीबार २४ अक्टोबरमा मुम्बईमा हुने चयन समितिको बैठकमा सहभागी हुनेछन् । बैठकमा नोभेम्बर ३ तारिखदेखि बंगलादेश विरुद्ध हुने टी–२० सिरिजका लागि भारतीय टिमको चयन हुनेछ । 

उक्त सिरिजमा कोहलीलाई आराम दिन सकिने समेत बताइएको छ । कोहली निरन्तर क्रिकेट खेलिरहेकाले उनलाई आरामको जरुरत रहेको भन्दै आराम दिन थालिएको बताइएको छ । 

गांगुलीले यसअघि नै कोहलीलाई प्रतियोगिता जित्नका लागि ध्यान लगाउन पनि आग्रह गरेका थिए । ५ वर्ष २ महिना वेष्ट बंगाल क्रिकेट संघका अध्यक्ष रहेका गांगुली १० महिनाका लागि बीसीसीआईको अध्यक्ष भएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ