arrow

थुप्रै कीर्तिमानसहित भारतले हरायो दक्षिण अफ्रिकालाई 

८३ वर्षमा तोड्यो एउटा कीर्तिमान

logo
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
india-cricket5.jpg

काठमाडौं । दक्षिण अफ्रिकाले अहिलेसम्मकै खराव प्रदर्शन गरेपछि भारतले पहिलो पटक टेष्ट क्रिकेट सिरिजमा क्लिनस्वीप गर्न सफल भएको छ । 

भारतमा भएको तीन खेलको टेष्ट सिरिजमा भारत ३–० ले विजयी भएको हो । भारतले अहिलेसम्म दक्षिण अफ्रिका विरुद्ध सिरिजमा क्लिनस्वीप गर्न सकेको थिएन । 

राँचीमा भएको तेस्रो खेलमा भारतले दक्षिण अफ्रिका विरुद्ध अहिलेसम्मकै सबैभन्दा फराकिलो जित समेत निकालेको छ । भारत एक इनिङ र २०२ रनले विजयी भएको हो । 

यसअघि भएको दोस्रो खेलमा एक इनिङ र १३७ रनको जितको कीर्तिमानसमेत यो खेलले तोडेको छ । पहिलो खेल भारतले २०३ रनले जितेको थियो । 

तेस्रो खेलमा ९ विकेटको नोक्सानीमा भारतले ४९७ रन बनायो । रोहित शर्माले २१२ रन बनाए । अजिन्क्या रहानले ११५ रन बनाए । जवाफमा दक्षिण अफ्रिकाले १६२ रन बनायो । 

उमेश यादवले ३ तथा मोहम्मदा शामी, शहवाज नदीम र रविन्द्र जडेजाले २ विकेट लिए । 

फलोअन जोगाउन नसकेको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा १३३ रन बनायो । मोहम्मद शामीले ३ तथा उमेश यादव र नदीमले २ विकेट लिए । सिरिजका चार इनिङमा ५२९ रन बनाएका रोहित शर्मा म्यान अफ द म्याच र म्यान अफ द सिरिज बने । 

रोहितले एकै टेष्ट खेलमा १३ छक्का हान्नु, सर डन ब्रेडम्यानको भन्दा पनि राम्रो रनरेट बनाउनु (९९.८४) उनका कीर्तिमान बने । 

उनी एक दिवसीय र टेष्टमा दुई सय भन्दा बढी रन बनाउने कीर्तिमान समेत बनाएका छन् । भारतले ८३ वर्षपछि पहिलो पटक दक्षिण अफ्रिकालाई २ प्लस अन्तरले सिरिजमा हराएको छ । 

कप्तानका रुपमा पनि विराट कोहलीले १९ शतक बनाएर कीर्तिमान रचे । उनले सात पटक टेष्टमा दोहोरो शतक बनाएर कीर्तिमान रचे । 

भारतले घरेलु मैदानमा लगातार ११ सिरिज जितको कीर्तिमान पनि रचेको छ । 

वल्ड टेष्ट च्याम्पियनसिप अन्तर्गत भएको सिरिजमा क्लिनस्वीपपछि भारतको अंक तालिका पनि फराकिलो भएको छ । भारतले ५ खेलबाट २४० अंक जोडेको छ । यसअघि भारतले वेष्ट इन्डिजविरुद्ध पनि २–० को जित निकालेको थियो । 

भारतपछि न्यूजिल्याण्ड र श्रीलंकाको समान ६०–६० अंक छ । अष्ट्रेलिया र इंगल्याण्डको ५६–५६ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ