arrow

एल-क्लासिको जितेको रियाल मड्रिड च्याम्पियन्स लीगमा कसरी हार्‍यो !

मकमानामनले १० बर्ष मुनिका खेलाडीहरुको जस्तो रक्षात्मक खेल रियालले खेलेको टिप्पणी गरेका छन्

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
Real_Madrid.jpg.jpeg
काठमाडौं। च्याम्पियन्स लीग क्वार्टरफाईनलको पहिलो लेगमा रियाल मड्रिड उल्फ्सबर्गसँग २-० गोलले पराजित भएको छ। सन् २००४मा क्वार्टरफाईनलमा पराजित भएको मड्रिड १२ बर्षमा पहिलो पटक पराजित भएको हो। 
 
रियालले शनिवारमात्र आफ्नो चिरपरिचित प्रतिद्वन्दी बार्सिलोनालाई उसकै घरमा २-१ गोलले हराएर फर्ममा फर्किएको जनाउ दिएको थियो । तर उक्त फर्म ३ दिन पनि टिक्न सकेन र रियाल च्याम्पियन्स लीग क्वार्टरफाईनलको पहिलो लेगमा पराजित हुन पुगेको छ। 
 
बार्सिलोनालाई पराजित गरेको टोली बुण्डेस लिगामा पहिलो ४मा पर्नलाई संघर्ष गरिरहेको टोलीसँग पराजित भएको समाचार आफैमा धेरै रियाल फ्यानहरुलाई अपत्यारिलो लागेको छ। तर फुटबलको मजा यही नै हो । कुनै पनि टोलीको एक किसिमको प्रदर्शन सँधै रहँदैन र एउटा टोली सँधै जितिरहन पनि सक्दैन्।
 
पुर्व रियाल खेलाडी स्टिव मकमानामनले १० बर्ष मुनिका खेलाडीहरुको जस्तो रक्षात्मक खेल रियालले खेलेको टिप्पणी गरेका छन्। पहिलो हाफमा खाएको २ गोलले रोनाल्डो एण्ड कंम्पनीलाई सम्हालिनै दिएन उनले भने। 
 
रियालको रक्षापंक्तीको कुरा गर्दा ड्यानिलो, मार्सेलो सबै ठाउँमा दोडिरहेका मात्र देखिन्थे भने सर्जियो रामोस र पेपेले एकअर्कासँग पहिलो पटक खेलिरहेका जस्ता देखिन्थे। उनीहरु बिच कुनै तालमेल नभएको प्रष्ट देखिन्थ्यो। बार्सिलोनालाई हराउन सफल टोलीले हार्दा जिदानलाई दोष थोपर्नु अन्याय हुनेछ । खेलाडीहरुमा तालमेलको सम्सया देखिएकोमा रियाल व्यवस्थापन केही चिन्तित होला र कुनै समाधान चाँडै निकाल्ला भनने आश गर्न सकिन्छ। 
 
गारेथ बेललाई खेलको चौथो मिनेटमा लडाउँदा उनले पेनाल्टी पाउनु पर्धथ्यो तर त्यसपछिको बाँकी समयको खेलमा खासै राम्रा अवसरहरु पनि रियालको अग्रपंक्तीले निकाल्न सकेन र नतिजा ब्योहोर्नु पर्‍यो। 
 
कमजोर रक्षात्मक खेल र उल्फ्सवर्गको लगातारको आक्रमणले मड्डरिड पराजित भएको हो। खेलको १८औं मिनेटमा रिकार्डो रोड्रिगेजले पेनाल्टी मार्फत आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। आन्द्रे श्रुललाई क्यासेमिरोले फल गरेपछि पाएको पेनाल्टीमा रोड्रिगेजले पहिलो गोल गरेका थिए। 
 
खेलको २५औं मिनेटमा म्याक्सिमिलियन आर्नोल्डले गोल गर्दै अग्रता २-०को बनाएका थिए। रियालले केही राम्रा आक्रमण गरे पनि गोलमा परिणत गर्न सकेन्। 
 
उल्फस्बर्गले आफ्नो घरेलु लीगको अन्तिम तीन खेलमा जीत निकाल्न सकेको छैन्। यसपाली च्याम्पियन्स लीग नजितेमा सायद अर्को बर्षको च्याम्पियन्स लीग उल्फ्सवर्गले सहभागी हुन पाउने छैन्। २८ खेलमा ३८ अंकका साथ ८औ स्थानमा रहेको उल्फ्सवर्गको चऔथो स्थानमा रहेको मोन्चेग्लाडबाकसँग ७ अंकको फरक रहेको छ। 
 
उल्फ्सवर्गले लागातार ५ च्याम्पियन्स लीग खेल जितेको छ। सन् २००९मा म्यानचेस्टर युनाईटेडसँग घरमा पराजित एक मात्र च्याम्पियन्स लीग खेल रहेको छ। उक्त खेलमा युनाईटेड ३-२ गोलले बिजयी भएको थियो। त्यस बाहेक ८ च्याम्पियन्स लीग खेलमा घरमा पराजित भएको छैन्। 
 
दोस्रो लेग आफ्नो घरेलु मैदानमा खेल्ने रियालले कस्तो खेल्छ त्यो हेर्न लायक हुनेछ। रियालका ब्यवस्थापक जिदानेले दोस्रो लेगमा रियाल फिर्ता हुने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ