arrow

'बीच्च बीच्चमा' का गायक दुर्गेशले हटाए विवादित तिहारको गीत

logo
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
durges-tihar-song.jpg

काठमाडौं । विवादित तिहारको गीत यूट्यूवबाट हटाएसँगै गायक दुर्गेश थापा रिहा भएका छन् । प्रहरीको आग्रहमा गीत हटाउन आफू तयार भएको थापाले बताएका छन् ।

थापाको गीतविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा आजै महाशाखाले गोंगबुबाट थापालाई पक्राउ गरेको थियो ।

‘उहाँहरुसँगको छलफलपछि गीत यूट्यूवबाट हटाइएको हो,’ थापाले भने । गीत हटाएपछि प्रहरीले आफूलाई छाडेको उनले बताए । काठमाडौंबाट पक्राउ परेका थापा मंगलबार नै गीत हटाउने सर्तमा रिहा भएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। 

थापाको गीतले देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको र संस्कृति विगारेको आरोप लागेको छ । साथै गीतमा वीयरको प्रचार पनि गरिएको छ । यूट्यूवमा राम्रो भ्यूज बटुले पनि अत्यधिक आलोचना भएको थियो । आलोचनाका कारण थापाले कमेन्ट बक्स नै खाली गरिदिएका थिए ।

‘बीच्च बीच्चमा’ बोलको तिजगीतबाट चर्चामा आएका थापा यसअघि चलचित्र ‘छ माया छपक्कै’ को प्रवर्द्धनात्मक गीत गाउँदा समेत विवादमा मुछिएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ