arrow

विवादमा 'सक्किगोनी' , म्याद सकिएको भद्रगोलको सम्झौता बोकेर मिडियाहब प्रहरीमा

तितो सत्य, जिरे खुर्सानी लगायतका कार्यक्रमले अझै पाएनन् पैसा

logo
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
maxresdefault1.jpg

काठमाडौं । असोज २ गतेदेखि नेपाल टेलिभिजनमा प्रशारण शुरु भएको हास्य टेलि श्रृंखला सक्किगोनी अहिले विवादमा आएको छ । जेपीटी क्रिकेसनले तयार पारेको कार्यक्रममा यसअघि भद्रगोलमा भएका मुख्य कलाकारहरु जिग्री, पाँडे, बले, कक्रोज लगाएतका अधिकांश कलारकाहरु छन् ।

अहिले नेपाल टेलिभिजनमा प्रशारणका हिसाबले लोकप्रियता हासिल गरेपछि भद्रगोलको उत्पादन तथा मार्केटिङ गर्दै आएको मिडिया हबले गलत नजर लगाएको हो । मिडिया हबकमा सञ्चालक सोम धिताल हुन् । उनी अहिले नेपाल विज्ञापन संघ आनको वरिष्ठ उपाध्यक्ष पनि हुन् । उनले एक जना वकिल प्रयोग गरेर सक्किगोनीका कलाकार जिग्री, बले, पाँडे लगाएतको कपी राइट्स आफूसँग भएको भन्दै जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी हाल्न लगाएका थिए । उजुरी परेपछि प्रहरीले सक्किगोनीका कलाकार अर्जुन घिमिरेलाई फोन गरेर जानकारी गराएका थिए ।

भद्रगोल आउनुभन्दा अगाडि नै जिग्री पाण्डे, कक्रोज लगाएतका कलाकारहरुले सिस्नोपानी झ्याम्म सिरिएल बनाएर प्रशारण गरेका थिए । त्यतिबेलाकै पात्रहरुलाई पछि मिडियाहबले भद्रगोलको उत्पादन र प्रशारण गर्ने जिम्मा लिएपछि उनै कलाकारहरुले काम गरेका थिए । भद्रगोलको मिडियाहबसँग २०७६ असार मसान्तसम्म सम्झौता रहेको थियो । उक्त सम्झौताको मिति सकिए पछि नविकरण नहुँदा पहिला पनि भद्रगोलको पुरानो कार्यक्रम नेपाल टेलिभिजनबाट प्रशारण भएको थियो । जसले गर्दा  नयाँ एपिसोड हेर्न पाउने दर्शकको अधिकारमाथि पनि मिडियाहवले खेलवाड गरेको छ ।

मिडियाहबले नेपाल टेलिभजनबाट हास्य श्रृंखलाहरु प्रशारण गरे पनि कलाकारले पारिश्रमिक नपाएका कुराहरु पनि आउने गरेका छन् । तितो सत्यकै कलाकारलाई दिनुपर्ने पारिश्रमिक अझै पुरा दिइएको छैन भने जिरे खुर्सानी लगाएतका कार्यक्रमको पैसा पनि मिडियाहबले बुझाएको छैन । मेरी बास्सै पनि मिडियाहबको कारण लथालिंग भएको छ ।

अहिले भद्रगोल भन्दा सक्किगोनी कार्यक्रम युट्युवमा समेत अगाडीको ट्रेन्डिङमा आएपछि सोम धिताललाई छटपटाहट भएको छ । उनले कलाकारको कुनै परिचय नभएको जसरी कपिराइट्सको नाममा मिडियाहबको ट्याग झुण्डाउने कोशिस गरिरहेका छन् । तर भद्रगोलबाट ठगिएका कलाकारहरुले पनि यस विषमया प्रहरीमा उजुरी हाल्ने तयारी गरेका छन् । उनीहरुले यसअघि पाउनु पर्ने पारिश्रमिक पनि उपलव्ध गराउन माग गरेका छन् ।  

कलाकार घिमिरेले भद्रगोलको एक सय ५२ एपिसोड पछाडि मिडिया हब र जेपीटी क्रियसनबीच नयाँ सम्झौता भएको र  सम्झौतामा सिरियलको विषयवस्तु र पात्रहरुको सर्वाधिकार दोस्रो पक्ष (जेपीटी क्रियसन) मा निहित रहने उल्लेख गरेको बताए । मिडियाहबसँग भएको सम्झौताको फोटोकपी प्रहरीलाई बुझाइसकिएको पनि उनले जानकारी दिए ।

सक्किगोनीमा अहिले रहेका केही पात्र भद्रगोल आउनुभन्दा अगाडिकै भएको घिमिरे बताउँछन् । ‘जिग्री, पाँडे, धतुरे जस्ता केही पात्रहरु हामीले भद्रगोलभन्दा अगाडि सन् २०१२ मा सिस्नुपानी झ्याम्मै नामक सिरियलमा जन्माएको थियौं । त्यसको एउटा एपिसोड यूट्यूवमा भेटियो जुन हामीले प्रहरीलाई देखाएका छौं । बलेको क्यारेक्टरचाहिँ एउटा फिल्मबाट लिइएको हो । कुनै पनि पात्र जन्माउनमा मिडिया हबको हात छैन ।’ घिमिरेले भने ।

मिडिया हब र जेपीटी क्रियसनबीच भएको पछिल्लो सम्झौताको अन्तिम म्याद ०७६ साल असारसम्म थियो । तर, दुईपक्षबीच विभिन्न विषयमा कुरा नमिलेपछि सम्झौता नवीकरण हुन सकेन ।

त्यसपछि जिग्री पाँडेको टिम भद्रगोलबाट बाहिरियो भने मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल प्रसारण गरिरहेको छ । जिग्री–पाँडे समूहको कुरा सुनेपछि प्रहरीले दुवै पक्षलाई राखेर छलफल गर्ने बताएको छ । यसका लागि फेरि शुक्रबार बोलाइएको घिमिरेले जानकारी दिए । उनले मिडियाहबको उजुरीले तत्काल सक्किगोनीलाई कुनै असर नगर्ने बरु आफूहरुले मिडियाहबबाट पाउनु पर्ने पुरानो रकम दावी गर्ने बताए । यसले आफूहरु पुरानो रकम उठ्नेमा ढुक्क रहेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ