arrow

नामिवियासंग खेल्ने नेपाली क्रिकेट टोली घोषणा : यु–१९ का को–को परे ?

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
cricket-nepal-&-namibia.jpg.jpeg
काठमाडौं । नामिवियासंग आफ्नै घरेलु मैदानमा हुने विश्व क्रिकेट लिग च्याम्पिनसिपको खेलका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । मंगलबार पूर्व प्रशिक्षक पुवुदु दासानायके नेपाल आएसंगै विहिबार टोली घोषणा भएको हो । पुवुदुलाई आइसीसीले परामर्शदाता (कन्सलटेन्ट)का रुपमा नेपाल बोलाएको हो । टोलीको प्रशिक्षण जगत टमाटाले सम्हालिरहेका छन् । 
 
टोलीमा यू–१९ विश्वकप खेलेका कप्तान राजु रिजालसहित सन्दिप लामिछाने र सुशान भारी नयाँ अनुहार हुन् । यस्तै, विक्रम सोव, दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डल बैकल्पिकमा परेका छन् ।  २५ जनाको बन्द प्रशिक्षणसम्म संगै रहेका सुवास खकुरेल, सिद्धान्त लोहनी, सुनील धमला, मन्जित श्रेष्ठ, अभिनाश कर्ण, आरिफ शेख, प्रदिप ऐरी भने टोलीमा अटाउन सकेनन् । उता नामिवियाले भने वुधबारै नेपालसंग खेल्ने टोली घोषणा गरिसकेको छ । आइसीसीको प्रत्यक्ष निगरानीमा हुने खेलको समन्वय राष्ट्रिय खेलकुद परिषद्ले गरिरहेको छ ।
 
यसअघि, आसीसीले ३ सदस्यीय छनोट टोली गठन गरेको थियो । सोही  टोलीले खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेको हो । छनोट टोलीमा प्रशिक्षक जगत टमाटा, पारस खड्का र आइसीसीको एसिया प्रतिनीधि एण्डरसन रहेका थिए । खेल वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुने छ । आइसीसीको कार्यतालिका अनुसार तीन राष्ट्रविरुद्धका ६ खेल नेपालले घरेलु मैदानमा खेल्न पाउने उल्लेख भए पनि मैदानको स्तरोन्नती तथा सुरक्षा कारण देखाउँदै पपुवान्यूगिनीविरुद्धको खेल युएईमा गएर खेलेको थियो ।  
 
नेपाली टोली 
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उप–कप्तान)
सागर पुन
राजु रिजाल
नरेश बुढाएर
शरद भेषावकर
विनोद भण्डारी
सोमपाल कामी
बसन्त रेग्मी
शक्ति गौचन
सन्दिप लामिछाने
करण केसी
सुशान भारी
राजेश पुलामी मगर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ