arrow

एम्बुलेन्स नपाएर २५ वर्षीया अभिनेत्री र उनको नवजात शिशुको मृत्यु

logo
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
pregnant1.jpeg

काठमाडौं । समयमै एम्बुलेन्स नपाएर एक अभिनेत्रीको ज्यान गएको छ । एम्बुलेन्स नपाएर २५ वर्षीया अभिनेत्री र उनका शिशुको मृत्यु भएको हो । 

घटना हो भारतको महाराष्ट्रस्थित हिंगोली जिल्लाको । आइतबार समयमा एम्बुलेन्स नपाएर मराठी अभिनेत्री पूजा झुंजर र उनका नवजात शिशुको मृत्यु भएको हो । 

प्रहरीका अनुसार एम्बुलेन्स समयमै नपाएका कारण दुवैको ज्यान गएको हो । पूजाका परिवारका अनुसार राति २ बजे प्रसवपीडा भएपछि तत्काल गोरेगाउँस्थित प्राथमिक चिकित्सा केन्द्र पुर्याइएको थियो । 

त्यहाँ प्रसव भएको केही मिनेटमै नवजात शिशुको मृत्यु भएको थियो । त्यसपछि चिकित्सकले पूजालाई हिंगोली सिभिल अस्पताल लैजान सल्लाह दिएको भए पनि लैजान एम्बुलेन्स नहुँदा उनको त्यहीं मृत्यु भएको हो । 

उक्त अस्पताल गोरेगाउँबाट ४० किलोमिटर टाढा थियो । तत्काल एम्बुलेन्स नपाएपछि परिवारले एक निजी एम्बुलेन्स खोजेर ल्याएर पूजालाई अस्पताल लैजाँदै थियो । तर उनको बाटोमै मृत्यु भएको हो । 

पूजाले दुई मराठी चलचित्रमा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । त्यसपछि गर्भवती भएका कारण काममा ब्रेक लागेको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ