arrow

एमडी, एमएस, एमडीएमएसको प्रवेश परीक्षा कात्तिक ९ गते हुने  

logo
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
NAMS-news.jpeg

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर तहको एमडी–एमएस–एमडीएमएसको प्रवेश परीक्षा यही कात्तिक ९ गते सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६–७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा स्थगन गर्न न्याम्सलाई यही १ कात्तिकमा निर्देशन दिएपछि कात्तिक २ गते सञ्चालन गर्ने भनिएको सो तहको परीक्षा स्थगन भएको थियो ।     
     
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान रहेको छ । न्याम्सका डीन प्रा डा पीयुष दाहालले मन्त्रालयको निर्देशनअनुसार कात्तिक ९ गते शनिबार प्रवेश परीक्षा सञ्चालन हुन लागेको जानकारी दिए । 

न्याम्सलाई नयाँ शैक्षिक सत्रका लागि नेपाल मेडिकल काउन्सिलले एमडी–एमएस–एमडीएमएस ११५ र डिएम÷एमसीएचतर्फ २१ सिट सङ्ख्या अध्ययन अध्यापन गर्न स्वीकृति दिएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ