arrow

एम्बाप्पेको ह्याट्रिक, तोडे २१ वर्ष पुरानो रेकर्ड   

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
mbappe8.jpg

काठमाडौं । केलियन एम्बाप्पेले ह्याट्रिक गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई च्याम्पियन्स लिग फुटबलमा शानदार जित दिलाएका छन् । 

मंगलबार राति भएको खेलमा पीएसजीले बेल्जियन क्लब ब्रुगिसलाई ५–० गोल अन्तरको फराकिलो अन्तरले हराएको हो ।

दोस्रो हाफमा मैदानमा छिरेका एम्बाप्पेले ह्याट्रिक गर्न सफल रहे । उनले ६१, ७९ र ८३ औं मिनेटमा गोल गरेका थिए । दुई गोल इकार्डीले गरे ।

तीन गोलसंगै एम्बाप्पे २० बर्ष ३ सय ६ दिनमा च्याम्पियन्स लिगमा १५ गोल गर्ने सबैभन्दा युवा खेलाडी पनि बनेका छन् ।

समूह एको अर्को खेलमा रियाल मड्रिडले गालातासारेलाई १–० गोल अन्तरले हरायो । रियालका लागि टोनी क्रुसले निर्णायक गोल गरे । 

समूह एको खेलमा जितसहित पीएसजीले नकआउट चरणको नजिक लम्किएको छ । शीर्ष स्थानको पीएसजीले ३ खेलबाट ९ अंक जोडेको छ । रियाल मड्रिडको ४ अंक छ भने क्लब ब्रुगिस २ अंक सहित तेस्रो स्थानमा छ । गालातासारे १ अंकसहित पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ