arrow

धर्मेन्द्रकी जेठी श्रीमतीबारे हेमा मालिनीले दिइन् बयान

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
dharmendra-hema2.jpg

काठमाडौं । बलिउडमा धर्मेन्द्र र 'ड्रिम गर्ल' हेमा मालिनीको जोडी सधै चर्चामा रहन्छ । दुबैबीच अझै पनि निकै प्रेम रहेको छ, तर  दुबैको विवाहको यात्रा भने सजिलो थिएन । हेमा मालिनी धर्मेन्द्रकी दोस्रो श्रीमती हुन् । धर्मेन्द्रले हेमा र उनकी पहिलो श्रीमतीसँगको सम्बन्धको बारेमा खुलस्त  कुरा गरिसकेका छन् ।

हेमा मालिनी प्राय: आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गर्नदेखि टाढा नै रहन्छिन् । तर यस पटक हेमाले आफ्नो व्यक्तिगत जीवनको बारेमा खुलेर कुरा गरेकी छन् । फिल्म समालोचक तथा पत्रकार सुभाष के झासँग कुराकानीमा हेमा मालिनीले धर्मेन्द्रकी पहिलो श्रीमतीको बारेमा कुरा गरेकी छन् ।

धर्मेन्द्रको बारेमा हेमाले भनिन्- 'जब मैले धरमजीलाई पहिलो चोटि देखेको थिएँ, तब मैले महसुस गरें कि उहाँ मेरो लागि मात्र बन्नुभएको थियो र मैले आफ्नो सम्पूर्ण जीवन उहाँसँगै बिताउने निर्णय गरें ।'

भर्खरै डेङ्गुबाट तंग्रीदै गरेका धर्मेन्द्रको बारेमा हेमाले भनिन्- 'धरमजी भन्नुहुन्छ उहाँको खुट्टामा धेरै पीडा हुन्छ । मलाई लाग्छ हामी अब बुढो हुदै गएका छौं । तर पनि एक अर्कामा हाम्रो विश्वास उस्तै छ । '

धर्मेन्द्रकी पहिलो श्रीमती प्रकाश कौरको बारेमा हेमाले भनिन्- 'म हाम्रो विवाहमा कसैलाई चोट पुर्‍याउन चाहन्न थिए । उहाँको जेठी श्रीमती र बच्चाहरुले आफ्नो जीवनमा मेरो हस्तक्षेप कहिल्यै महसुस गरेनन् । मैले धर्मेन्द्रसँग बिहे गरें तर उहाँलाई कहिल्यै पहिलो परिवारबाट अलग गरिन । '

धर्मेन्द्र र हेमाले सीता र गीता, शोले र ड्रीम गर्ल जस्ता सुपरहिट फिल्महरूमा सँगै अभिनय गरेका छन् ।

सन् १९८० मा हेमा मालिनीको धर्मेन्द्रसँग विवाह तनावका बिच भएको थियो । धर्मेन्द्रले हेमासँग विवाह आफ्नो जेठी श्रीमती प्रकाश कौरकी छोरीको विवाह भइसकेपछि गरेका थिए । सो समय सनी देवल बलिउडमा पाइला राख्ने तयारीमा थिए ।

हेमा मालिनी र धर्मेन्द्र दुवैका परिवार यस विवाहको विरुद्धमा थिए । सनी देवल त पिताको यो कदमलाई लिएर निकै दुखि बने । तर धर्मेन्द्रले अन्ततः विवाह गरेरै छाडे ।

धर्मेन्द र उनकी पहिली पत्नी प्रकाश कौरका दुवै छोराहरु सनी र बबी देवल र सानी आमा हेमा मालिनी र उनकी छोरीहरु इशा र अहानाबीच सम्बन्ध अहिले पनि असामान्य छ । अहिलेसम्म यी दुई भाइले हेमा मालिनीका विषयमा पनि खुलेर कुरा गरेका छैनन् । त्यसैले उनीहरुबीचको सम्बन्ध अझै सामान्य भइसकेको पाइदैन् ।

कुनै समय हेमा मालिनीसँग विवाह गर्न चाहने बलिउडका जम्पिङ जेक भनिने जितेन्द्र पनि थिए । हेमा मालिनीलाई धर्मेन्द्र बाहेक जितेन्द्र र संजीव कुमार पनि मन पराउथे साथै विवाह गर्न चाहन्थे । सो समय जितेन्द्र र हेमा मालिनीले विवाह गर्ने निर्णय लिएको र उनिहरु चेन्नई पुगेको खबरहरु फैलिएका थिए ।  

जितेन्द्रको वर्तमान पत्नी शोभासँग पनि रोमान्स चलिरहेको थियो । यो थाहा पाएसँगै धर्मेन्द्रले शोभालाई लिएर मद्रास पुगेका थिए ।  त्यहाँ जितेन्द्र र हेमा मालिनी अघि शोभाले हंगामा मचाइन् जसकारण जितेन्द्र र हेमाको विवाह हुन सकेन । पछि धर्मेन्द्रले हेमा मालिनीसँग विवाह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ