arrow

हिरोको आम्दानीमा १७ प्रतिशत गिरावट

logo
एएनआई,
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
cg-hero-motors-nepal.jpg

नयाँदिल्ली। विश्वकै ठूलो दुई पाङ्ग्रे सवारी साधन उत्पादक हिरो मोटोकर्पको आम्दानी र नाफा दुबै घटेको बुधबार सार्वजनिक कम्पनीको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीका अनुसार यस वर्षको सेप्टेम्बर अन्त्यसम्ममा कम्पनीको आम्दानीमा करिब १७ प्रतिशत गिरावट आएको छ। अघिल्लो वर्ष करिब ९ हजार करोड आम्दानी गरेकामा यस वर्ष करिब ७ हजार ५७० हजार करोड मात्र भएको छ।

कम्पनीको नाफामा पनि निकै असर परेको वित्तीय विवरणमा उल्लेख छ। अघिल्लो वर्ष १ हजार ४४८ हजार करोड नाफा रहेकामा यस वर्ष १ हजार करोडमा सीमित भएको छ। 

कम्पनीका प्रमुख वित्तीय अधिकृत निरन्जन गुप्ताले दिपावली समेतका चाडपर्वका कारण नयाँ मोडेलका मोटरसाइकल र स्कुटरको विक्री बढेकाले कम्पनीको वित्तीय अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे। हिरो मोटोकर्पले यसै वर्ष पाँच किसिमका नयाँ उत्पादनहरु बजारमा ल्याएको छ जसमा तीन किसिमका नयाँ डिजाइनका मोटरसाइकल र दुई किसिमका स्कुटर रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ