arrow

विवाह भोजको ६० हजार क्लबलाई सहयोग

logo
कौरव खत्री,
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
bibaha1.jpg

गुल्मी । गुल्मी मुसिकोटका एक व्यक्तिले आफ्नो विवाहको भोज भतेर नगरी स्थानीय गाँउको क्लवलाई सहयोग गरेका छन् ।

मुसिकोट नगरपालिका २ मुसिकोट बगैचा निवासी समाजसेवी युवा बिष्णु अधिकारीले विवाह गरेर भोज भतेरमा रकम खर्च नगरी सोही वडाको खड्गदेवी युवा क्लवलाई नगद रु.६० हजार सहयोगको घोषणा गरेका छन् ।

हाल बैदेशिक रोजगारीको शिलशिलमा रिपब्लिक चेकमा कार्यारत रहेका समाजसेवी अधिकारीले उक्क्त रकम क्लवले आयोजना गरेको खुल्ला भलिवल तथा विविध साँस्कृतिक कार्यक्रमका अवसरमा रकम दिने घोषणा  गरेका हुन ।

पछिल्लो समयमा गाँउटोलमा हुने साना ठूला विभिन्न सभा समारोह शुभ कार्य तथा कार्यक्रममा टेन्टको निकै आवश्यकता परेको कार्यक्रम स्थलहरुमा टेन्ट बाहिरबाट ल्याएर  कार्यक्रम गर्नुपर्ने भएकोले अव त्यो समस्यालाई हल गर्न क्लवलाई टेन्ट र आवश्यक अन्य सामाग्री खरिद गर्नका लागि रकम सहयोग गरेको खड्गदेवी युवा क्लवका उपाध्यक्ष रामप्रसाद आचार्यले जानकारी दिए ।

साथै क्लवले समाजसेवी अधिकारीले समाजप्रति गरेका काम उदाहरणीय र प्रशंसनीय भएको सहयोगीलाई धन्यवाद दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ