arrow

फिफा वरियातामा नेपाल छ स्थान माथि उक्लियो

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
nike-football.ashx.jpg.jpeg

 

काठमाडौ । फिफा बरियातामा छ स्थान सुधार गर्दै नेपाल १७९ औं स्थानमा उक्लिएको छ ।  गत महिनाको बरियातामा नेपाल १८५ औं स्थानमा थियो । पछिल्लो अन्तराष्ट्रिय खेलमा नेपालले राम्रो प्रर्दशन गरेसगै बरियातामा सुधार आएको हो ।

विश्व फूटबल संघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियाता अनुसार थप ८० अंक प्राप्त गर्दै नेपाल ६ स्थान माथि उक्लिएको हो ।

 

दक्षिण एसियाली मुलुकहरू मध्ये अफगानिस्तान सबैभन्दा माथि १४७ औं स्थानमा रहेको छ । नेपाल भन्दा माथि रहेका माल्दिप्स १६०औं स्थानमा, भारत १६२ औं स्थानमा र बंगलादेश १७७ औं स्थानमा छन् ।

 

दक्षिण एसियाकै भूटान १८६  औं स्थानमा, श्रीलंका १८७ औं स्थानमा र पाकिस्तान १९०औं स्थानमा छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ