arrow

क्यान्सरका उच्च जोखिम भएका ८ खानेकरा, सम्भवतः तपाई हरेक दिन खान्नुहुन्छ

logo
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
Cancer-Causing-Food.jpg

काठमाडौं । क्यान्सर प्रणघातक रोग मानिन्छ । यो रोग विभिन्न कारणले लाग्छ । जसमध्ये केही मात्रामा मानिसहरुको खानेकुरा पनि एक कारण हो । त्यसैले क्यान्सरबाट बच्न खानेकुरामा विशेष ध्यान दिनुपर्छ । यहाँ क्यान्सरको जोखिम भएका केही खानेकुराहरु उल्लेख गरिएको छ ।

१. सोडा
बजारमा पाइने सोडायुक्त पेय पदार्थले क्यान्सरको जोखिम बढाउँछ । यसमा प्रयोग गरिएको ४–एमईआई रसायनको प्रयोग गरी पेय पदार्थलाई एक रङ प्रदान गरिन्छ । यो क्यान्सरको कारक मानिन्छ ।

विकल्पः यसको विकल्पमा पानी सबैभन्दा उत्तम विकल्प हो । यदि स्वाद भएकै पेय पदार्थ मन पर्छ भने विना कुनै रङको प्राकृतिक ब्राण्डको प्रयोग गर्नु राम्रो हुन्छ ।

२. रातो मासु
रातो मासुले पनि क्यान्सरको जोखिम बढाउँछ । रातो मासुमा हुनसक्ने हाइड्रोकार्बन स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।

विकल्प: सकेसम्म रातो मासु नखाने । रातो मासु नै खानुपर्ने भए पकाउँदा विशेष ध्यान दिने र सम्भव भएसम्म घरेलु घाँसपात खाएका जनावरको मात्र मासु खाने ।

३. बन्द भाँडोमा राखिएको टमाटर सस
बन्द भाँडोमा धेरै समयसम्म राखिएको टमाटरको सस पनि क्यान्सरको एक कारक हो । टमाटर सामान्य अवस्थामा स्वास्थ्यवर्धनक नै हुन्छ तर यसलाई प्याक गरेपछि भने समस्या आउनसक्छ ।

४. कृत्रिम चिनीहरु
चिया, कफी बनाउन वा अन्य कुनै प्रयोजनका लागि राखिने कृत्रिम चिनी पनि क्यान्सरको कारक हो । केही अध्ययनले यस किसिमको उत्पादन निकै हानिकारक हुनसक्ने देखाइसकेको छ ।

विकल्पः कृत्रिम चिनीको भन्दा पनि प्राकृतिक उत्पादनको प्रयोग गर्नु राम्रो हुन्छ ।

५. प्रशोधित सेतो पीठो
प्रशोधित पीठोमा सेतो रङको लागि क्लोरिन ग्यासको प्रयोग गरिएको हुन्छ । यसले उत्पादनलाई क्यान्सरको जोखिमयुक्त बनाउँछ । 

विकल्पः आफ्नै उत्पादनको गहुँको पीठोको प्रयोग गर्नु राम्रो हुन्छ । आफ्नै उत्पादन नभएको अवस्थामा चोकर नहटाइको उपयोग राम्रो हुन्छ।
 
६. रसायन प्रयोग गरिएको फलफूल र तरकारी
फलफूल तथा तरकारी आफैंमा स्वास्थ्यवर्धक खानेकुरा हुन् । यस किसिमका उत्पादनहरुमा रसायनको प्रयोग गरिने हुँदा रसायन प्रयोग गरिएको फलफूल तथा तरकारी नखानु् श्रेयस्कर हुन्छ ।

विकल्पः सकेसम्म आफ्नै बारीमा फलेका उत्पादनहरु खाने र खानुअघि राम्रोसँग पखाल्नुपर्छ ।

७. आलुचिप्स
आलुचिप्स धेरै मानिसहरुलाई मनपर्ने खानेकुरा हो । यद्यपि यसले मानिसको स्वास्थ्यमा भने नकारात्मक प्रभाव पार्ने गर्छ ।
 
८. रक्सी
रक्सी क्यान्सरको कारक भन्ने कुरा त धेरैलाई थाहा होला । रक्सीको कारण घाँटी, कलेजो, छातिजस्ता स्थानको क्यान्सरको जोखिम बढी हुन्छ ।

विकल्पः यदि रक्सी साँच्चै छाड्न चाहने हो भने त्यसको मात्रा बिस्तारै घटाउँदै लैजानुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ