arrow

रुकुममा हुन लागेको ठुलो राशीको रेटिङ बुद्धिचालको तयारी तिब्र

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
Chess.jpg.jpeg

 

मनिष खड्का, रुकुम . रुकुममा पहिलो पटक समृद्ध इन्टरनेशनल रेटिङ चेस टुर्नामेन्ट हुने भएको छ । समृद्ध समाज नेपाल रुकुमको आयोजनामा आगामी बैशाख १ देखी ५ गते सम्म रुकुम सदरमुकाम मुसिकोटमा टुर्नामेन्ट हुने  र यसको तयरी त्रिब्र तयारी भइरहेक भैरहेको  । खेलकुदको माध्यमबाट जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमण बढाउने मुख्य उश्देश्यका साथ टुर्नामेन्ट आयोजना गरिएको संस्थाका कार्यवहाक अध्यक्ष राजु लामिछानेले जानकारी दिनुभयो । त्यस्तै मोफसलमा लुकेर रहेका प्रतिभाको पहिचान गर्ने पनि उदे्श्य राखिएको छ ।

 

टुर्नामेन्टमा प्रथम स्थान हासिल गर्ने खेलाडीले १ लाख नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन । दोस्रो हुनेले ५० हजार प्राप्त गर्दा तेस्रो र चौथो हुनेले क्रमशः ३० हजार र २० हजार पुरस्कार प्राप्त गर्ने छन् । सहभागी भई ५ औं देखी १५ औं स्थान हासिल गर्नेहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको केसीले बताउनुभयो । ५ औं देखी १० औं स्थानमा रहनेलाई १०÷१० हजार र ११ औं देखी १५ औं स्थानमा रहनेलाई ८÷८ हजार नगद प्रदान गरिने छ । स्थान हासिल गर्ने सबैलाई मेडल रप्रमाणपत्रको पनि व्यवस्था गरिएको छ ।

 

टुर्नामेन्टमा नेपाल सहित भारत र बंगलादेशका खेलाडीहरुले सहभागीता जनाउने आयोजक संस्थाका अध्यक्ष सुवोध सिर्पालीले जानकारी दिनुभयो । उहाँका अनुशार प्रतियोगीतामा करिब १०० बढी खेलाडीले सहभागीता जनाउने छन् । जसमा राप्तीबाट ३० भन्दा बढीको सहभागीता रहने लक्ष राखिएको छ । त्यस्तै १२ वर्ष मुनि र १४ वर्ष मुनिका विद्यार्थीहरुको समेत प्रतियोगीतामा सहभागीता रहने सिर्पालीले बताउनुभयो । 

 

यो टुर्नामेन्ट जिल्लामा अहिले सम्म संचालन गरिएको सबैभन्दा ठुलो हो । सदरमुकाम खलंगाको ब्रहाटाकुरा कवर्डहलमा ५ दिन सम्म संचालन हुने टुर्नामेन्टमा कुल ३३ जना खेलाडी पुरस्कृत हुने छन् । जिल्लामा अहिले सम्म संचालन भएका कुनै पनि खेलमा यति धेरै खेलाडी पुरस्कृत हुन लागेको यो नै पहिलो पटक हो । टुर्नामेन्टमा करिब ४ लाख २६ हजार रुपैंया पुरस्कारमा खर्च हुने अध्यक्ष सिर्पालीले बताउनुभयो । चेस टुर्नामेनट सकिए लगत्तै राष्ट्रिय गुरिला अल्ट्रा म्याराथन र राष्ट्रिय ट्रायथलन प्रतियोगीता समेत संचालन गर्ने आयोजकले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ