arrow

युरोपा लिगका २४ खेल ५६ गोल

logo
प्रकाशित २०७६ कार्तिक ८ शुक्रबार
manutd15.jpg

काठमाडौं । युरोपा लिग फुटबलमा बिहीबार राति १२ समूहका २४ खेल भएका छन् । ती खेलहरुबाट ५६ गोल भएको छ । मुख्य दावेदार क्लबहरुले जित निकालेका छन् । 

समूह एबाट सेभियाले एफ ९१ डुडेलांगेलाई ३–० गोल अन्तरले हरायो । काराबाग र नेपोइल निकोसियाले २–२ को बराबरी खेले । 

समूह बीबाट डाइनामो किभ र एफसी कोबेनह्याभनले १–१ को बराबरी खेल्दा माल्मोले लुगानोलाई २–१ गोल अन्तरले हरायो । 

समूह सीबाट बाजलले गेटाफेलाई उसकै मैदानमा १–० गोल अन्तरले हरायो । ट्राब्जोस्परले क्रास्नोदारलाई २–० को नतिजा सुम्पियो । 

समूह डीबाट पीएसभी आइन्डहोभनले लास्कसंग गोलरहित बराबरी खेल्यो । स्पोर्टिङ सीपीले रोजनबर्गलाई १–० गोल अन्तरले हरायो । 

समूह ईबाट सेल्टिकले लाजियोलाई २–१ गोल अन्तरले हरायो । सीएफआर क्लुजले रेन्नेसलाई १–० गोल अन्तरले हरायो । 

समूह एफबाट आर्सनलले भिक्टोरियालाई ३–२ ले हरायो । इन्ट्राच्ट फ्रांकफर्टले स्टान्डर्ड लिगलाई २–१ गोल अन्तरले हरायो ।  

समूह जीबाट एफसी पोर्टोले रेन्जर्ससंग १–१ गोलको बराबर िखेल्यो । यंग ब्वाइजले फेनरउडलाई २–० गोल अन्तरले हरायो ।  

समूह एचबाट फेरेनभारोसले सीएसकेए मस्कोलाई १–० तथा स्पानियोलले लुडागोरेट्स् राजगार्डलाई समान १–० गोल अन्तरले हरायो ।  

समूह आईबाट गेन्टले वुल्भस्बर्गसंग २–२ को तथा सेन्ट इटिन्नेले ओलेकान्द्रियसंग १–१ को बराबरी खेल्यो । 

समूह जेबाट इस्तानबुल बासकसेहिरले वुल्भस्बर्गर एसीलाई १–० गोल अन्तरले हरायो । त्यस्तै एसएस रोमाले बोरुसिया मोन्चेनसंग १–१ गोलको बराबरी खेल्यो । 

समूह केबाट एससी ब्रागले बेसिक्तासलाई २–१ गोल अन्तरले हरायो । वुल्भरह्याम्पटन वान्डेरर्सले स्लोभान ब्रातिस्लाभलाई २–१ गोल अन्तरले हरायो । 

समूह एलबाट अल्कमारले आस्तानालाई ६–० गोल अन्तरले हरायो । र, म्यान्चेस्टर युनाइटेडले पार्तिजान बोग्राडलाई १–० गोल अन्तरले हरायो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ