arrow

२० करोडको हिरा गायव, यस्त छन् संसारका सबैभन्दा ठूला हिरा

logo
प्रकाशित २०७६ कार्तिक ८ शुक्रबार
daimonds.jpg

एजेन्सी । सुन्दर आभूषलाई नचाहाने को होला  ? त्यसमा पनि हिरा भए अझ आकर्षक । हिरा चिजै त्यस्तो हो जहाँ सजिन्छ त्यहाँ को शान अझ बढ्छ । तर हिरा पाउन त्यति सजिलो छैन । केही हिरा यस्ता छन् जसलाई पाउन राजा-महाराजा पनि चाहान्छन् ।

जापानी प्रहरीले शुक्रबार २० करोड ५० लाख नेपाली रुपैयाँ भन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।

योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हीरा चोरिएको हो । यो हीरा करिब ५० क्यारेटको थियो । यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए । जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार जापानी कम्पनीको यो हीरा चोरिएपछि प्रदर्शनी स्थलमा खैलाबैला भएको थियो ।

संसारका सबैभन्दा ठूला हिरा-

लेसोथो हिरा
लेसोथो हिरा इतिहासकै पाँचौ ठूलो हिरा हो । ९१० क्यारेक्टको यो हिरा दक्षिण अफ्रिकाको लेसोथो पहाडमा पाइएको थियो ।

कलिनन हिरा
३१०६ क्यारेक्ट को यो हिरो १९०५ मा दक्षिण अफ्रिकाको खानमा पाइएको थियो । सो हिराको नाम खानीका मालिकको नाम 'सर थोमस कलिनन' को नामबाट राखिएको थियो । ब्रिटेनका राजालाई उपहारमा दिइएपछि सो हिरालाई दुई टुक्रामा बाढिएको थियो । यसलाई 'ग्रेट स्टार आफ अफ्रिका' र 'लेसर स्टार आफ अफ्रिका' नाम दिइयो । दुवै हिरा ब्रिटेनको  राजदरबारमा राखिएको छ ।
 
लेसी ला रोना
सन् २०१५ मा यो हिरा एक मजदुरले क्यानाडाको एक खानीमा भेटाएका थिए । यसको आकार टेनिसको बल बराबरको रहेको छ । ग्रेफ हिरा जूलरले यसलाई ६ अर्व ९ करोड मुल्यमा किनेका थिए ।  

एक्सेलसियर हिरा
यो हिरा पनि दक्षिण अफ्रिकाको खानीमा भेटिएको थियो । ९९५ क्यारेक्ट को यो हिरा २० टुक्रामा तोडिएको थियो । पछि यसको सबैभन्दा ठुलो टुक्रा ७० क्यारेक्टको टुक्रालाई २९ करोड ८९ लख रुपैयामा बेचिएको थियो ।

स्टार आफ सिएरा लियोन
यस हिराको नाम दक्षिण अफ्रिकाको एक देश सिएरा लियोनको नाममा राखिएको हो । ९६९ क्यारेक्ट यो हिरा सोहि  शहरमा भेटिएको थियो  र यो हिरालाई १७ टुक्रामा बाढियो । सबैभन्दा ठुलो टुक्रा ५४ क्यारेक्टको थियो  एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ