arrow

अमिताभको हातमा २ वटा घडी, यस्ता छन् बलिउड कलाकारको अनौठा बानी

logo
प्रकाशित २०७६ कार्तिक ८ शुक्रबार
Amitabh-Bachchan1.jpg

काठमाडौं । भारतीय स्टार्सहरु आफ्नै विभिन्न कारणहरुले गर्दा चर्चामा रहने गरेका छन् । कहिलेकाँही उनीहरुको फिल्मको चर्चा हुने गर्छ भने कहिलेकाँही उनीहरुको व्यक्तिगत जीवनको विषयमा पनि चर्चा हुने गर्छ ।
व्यक्तिगत हिसाबमा भन्नुपर्दा केही भारतीय स्टारहरुका अनौठा बानीहरु पनि रहेका छन् । जुन यस प्रकार रहेका छन् –
 
१. अमिताभ बच्चन
भारतीय स्टार अमिताभ बच्चन आफ्नो हातमा २ वटा घडी लगाउने गर्छन् । जब अभिषेक र ऐश्वर्या राय विदेश भ्रमणमा रहँदा विदेशको समय मिलाउन दुईओटा घडी लगाउने गरेका उनलाई अहिले भने दुईओटा घडी लगाउने बानी नै परिसकेको छ । उनी सधैं दुईओटा घडी लगाउने गर्छन् ।

२. शाहरुख खान
शाहरुख खानलाई आफ्नो जुत्ताप्रति निकै लगाव रहेको छ । उनी दिनमा एकपटक वा बढीमा दुईपटक मात्र आफ्नो जुत्ता फुकाल्ने गर्छन् । कहिलेकाँही त उनी जुत्ता नफुकालीकनै सुत्ने गरेको उनी आफैंले बताएका थिए ।

३. विद्या बालन
विद्या बालनसँग ८०० भन्दा बढी सारीहरु रहेका छन् । एक अन्तर्वार्ताको क्रममा उनले आफ्नो सपनामा पनि सारीहरु देख्ने गरेको बताएकी थिइन् । साथै उनको मोबाइल बोक्ने बानी छैन । उनी धेरै दिनसम्म पनि मोबाइल चलाउँदिनन् । जसको कारण उनको धेरै कार्यक्रमहरु पनि छुट्ने गरेको छ ।

४. सन्नी लियोन
अभिनेत्री सन्नी लियोनलाई १५ मिनेटमा नुहाउने बानी छ । उनको यो बानीको कारण सुटिङमा धेरै समस्या आउने गरेको छ तर उनको बानीको अगाडि कसैको पनि केही लाग्दैन ।

५. सैफ अली खान
सैफअली खानलाई आफ्नो बाथरुम निकै प्रिय लाग्छ । उनी घण्टौंसम्म पनि बाथरुममा बस्न सक्छन् । उनी बाथरुममै किताब तथा पत्रिका पढ्ने गर्छन् ।

६. करिना कपुर
करिना कपुरको नङ टोक्ने बानी छ । धेरै मानिसहरुको नङ टोक्ने बानी हुन्छ, त्यस्तोमध्येकी करिना पनि एक हुन् ।

७. दीपिका पादुकोण
दीपिका पादुकोणको मानिसलाई घुरेर हेर्ने बानी छ । विशेषगरी उनी एयरपोर्टमा हुँदा मानिसहरुलाई घुरेर हेर्ने गर्छिन् ।

८. सलमान खान
सलमान खानको घरमा हरेक किसिमको साबुन पाइन्छ । उनलाई साबुनको कलेक्सन राख्ने बानी छ ।

९. आयुष्मान खुराना
यी अभिनेतालाई निकै अचम्मको बानी छ । उनी जहाँ मौका मिल्छ, त्यहाँ ब्रस गर्ने गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ