arrow

एसएलसी : नक्कली विद्यार्थी पक्राउ

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ चैत २५ बिहिबार
Morang-hamrakura.jpg.jpeg
विराटनगर । मोरंङको कोशी हरैचा नगरपालिका–९ स्थित शिक्षा निकेतन माविबाट प्रहरीले अर्काको नाममा एसएलसी परीक्षा दिने एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । अर्थशास्त्र विषयको परीक्षा दिने एकजना नक्ली परिक्षार्थी पक्राउ परेका हुन् । 
 
प्रहरीले सुनसरीको धरान–१७ वस्ने २४ वर्षीय विक्रम लावतीलाई सोही ठाउ बस्ने त्रिलोचन राइको नामबाट परिक्षा दिइरहेका अवस्थामा पक्राउ गरेको पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका लावती कोशी हरैचा–८ स्थित मृगौलिय उच्च माविका छात्र हुन् । लावतीलाई आवश्यक अनुसन्धानपछि शिक्षा ऐन अन्र्तत कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ