arrow

चिनियाँ राष्ट्रपति सी र ब्राजिलका राष्ट्रपति चाइरबीच भेटवार्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७६ कार्तिक ९ शनिबार
bolsonaro-brazil-xi-china.jpg

बेइजिङ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिलका राष्ट्रपति चाइर बोल्सोनारोसँग भेटवार्ता गरेका छन्। बेइजिङस्थित एक सभाभवनमा भएको वार्तामा राष्ट्रपति सीले ब्राजिलियाली समकक्षी चाइरलाई स्वागत गरेका थिए। यो उनको पहिलो चीन भ्रमण हो। 

चीन–ब्राजिल दौत्य सम्बन्ध स्थापित भएको ४५ वर्षयता दुवै पक्षले आपसी सम्मान र साझा हितको ख्याल गर्दै ठूला विकासोन्मुख मुलुकबीचको सहयोग तथा संयुक्त विकासको नमूना बनेको राष्ट्राध्यक्ष सीले बताएको अधिकारीहरूले बताएका छन्। 

देश विकासको निर्णायक घडीमा चीन र ब्राजिलले आपसी चौतर्फी रणनैतिक साझेदारी सम्बन्धको नयाँ आकांक्षा सिर्जना गरेर विश्व तथा क्षेत्रीय शान्ति, स्थिरता एवम् समृद्धि संरक्षणको लागि साकारात्मक शक्ति थप्दै जाने कुरामा पनि भेटमा राष्ट्राध्यक्ष सीले जोड गरे।

सो अवसरमा ब्राजिलका राष्ट्रपति चाइरले चीनले विकासको भव्य उपलब्धि हासिल गरेको बताउँदै गुणस्तर तथा परिधिको दृष्टिकोणबाट पारस्परिक सम्बन्धलाई उकास्ने विस्वास व्यक्त गरे। 

वार्तापछि दुई पक्षबीच दुईदेशबीचको सहयोग तथा सम्झौतामा हस्ताक्षर भएको छ। ब्राजिलका राष्ट्रपति चाइरको भ्रमणमा दुवै पक्षले संयुक्त विज्ञप्ति जारी गरी भ्रमणका उपलब्धिहरूलाई उल्लेख गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ