arrow

आतंकवादी संगठन आइएसआइएसका प्रमुख वगदादी सिरियामा मारिए !

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटले सनसनी

logo
प्रकाशित २०७६ कार्तिक १० आइतबार
baghdadi.jpg

काठमाडौं। संसारभर आतंकको पर्याय बनेका मुस्लिम आतंकवादी संगठन आइएसआइएसका प्रमखु अबु बकर अल वगदादी सिरियामा मारिएका छन्। सिरिया इराक लगायतका देश हुँदै संसारभर आतंककारी गतिविधी गर्दै आएका वगदादीलाई अमेरिकी सेनाले सिरियामा मारेको हो। 

अमेरिकी सेनाको कार्वाहीमा वगदादी मारिएको स्रोतहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय समाचार संस्थाहरुले हुन्। वगदादी इराकबाट आफ्नो आधार क्षेत्र गुमाएपछि भागेर सिरिया पुगेका थिए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीट 'Something very big has just happened' गरि केहि ठूलो घटना भएको जानकारी दिए लगत्तै सिरियामा वगदादी मारिएको अड्कल काटिएको थियो ।

गवदादी यस अघी पनि सन् २०१७ मा पनि अमेरिकी हवाई आक्रमणमा परि घाइते भएका थिए। संसारभर टाउको दुखाइ भएका वगदादी पहिलो पटक सन् २०१४ मा सार्वजनिक भएका थिए। उनी सन् २०१०देखि इस्लामिक स्टेट अफ इराकको प्रमुखको रुपमा उदाएका थिए। उनले सन् २०१४ मा आफूलाई इस्लामिकहरुको खालिफको रुपमा आफूलाई घोषणा गरेका थिए। 

अन्तराष्ट्रिय समाचार संस्थाहरुले पनि वगदादी मारिएको हुनसक्ने भन्दै समाचार सार्वजनिक गरेका छन्।  स्रोतहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय समाचार संस्थाहरुले वगदादी मारिएको जनाएका छन्। यद्यपी ह्वाइट हाउसले भने यसको ‍पत्रकार सम्मेलन गरि औपचारिक रुपमा जानकारी दिने बताएको छ। 

पाकिस्तानमा अमेरिकी सेनाले नै अलकायदा प्रमुख ‌ओसामा विल लादेन मारिएपछिको वगदादी मारिएको घटनालाई सबैभन्दा ठूलो सफलता मानिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ