- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गुल्मी। गुल्मीका एक ९० बर्षीय बयोवृद्धले पहिलो पटक स्टुडियोमा पुगेर नयाँ सोरठी भाका ’शिरै चढाऊँला’ गीत गाएका छन् ।
चन्द्रकोट गाँउपालिका ५जोगिस्थान निवासी वयोवृद्ध गायक मन बहादुर थापाले नयाँ सोरठी भाकामा ’शिरै चढाऊँला’ भन्ने गितमा स्वर दिएका छन् उनीसँगै उनका छोराहरु भूपाल प्रसाद थापा,बावुराम थापा र साथमा चर्चित कलाकार सन्तु थापा र गिता पाइजा लगायतको सुमधुर स्वर रहेको छ । यस ’शिरै चढाऊँला’गितमा शब्द संकलन भने बयोवृद्ध गायक मन बहादुर थापाका छोरा भूपाल प्रसाद थापाले गरेका छन् ।
तिहार विशेष गाइने सोरठीलाई डिजिटल प्रविधिको अहिलेको जमानामा सदैव जिवित राख्न र पाकापुस्ताका कला गलाको संरक्षणमा सशयोग पुग्ने कलाकार सन्तु थापाले जानकाी दिए ।
सोरठीका गुरु भनेर गाँउघरमा चिनिने वयोवृद्ध मन बहादुर थापाले पहिलो पटक स्टुडियोमा पुगेर गित गाएर रेकडिङ गरेका हुन । गत शुक्रवार युट\व मार्फत सार्वजनिक गरिएको भिडियोलाई कलाकार सन्तु थापाले निर्देशन गरेका छन् ।