arrow

पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोलीको छनोट

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
cricket-U-19-worldcup-1-.jpg.jpeg
काठमाडौँ। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको आज घोषणा भएको छ।
 
आगामी वैशाख ४ र ६ गते हुने उक्त प्रतियोगिताका लागि १८ सदस्यीय खेलाडीको छनोट भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टका प्रेस सल्लाकार रोहित दाहालले जानकारी दिए। उनका अनुसार १४ खेलाडीसहित चारजना वैकल्पिकमा परेका छन्।
 
प्रतियोगितामा कप्तानको जिम्मेवारी भने पारस खड्काले पाएका छन्। त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल छन्। त्यसैगरी अन्य खेलाडीमा सागर पुन, नरेश बुढाऐर, शरद भेषवाकर, विनोद भण्डारी, राजु रिजाल, सन्दिप लामिछाने, सुशन भारी, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी र राजेश पुलामी छन्।
 
त्यसैगरी वैकल्पिकमा विक्रम सोब, दीपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डल छन् ।
 
राष्ट्रिय खेलकुद परिषद्सँगको समन्वयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधि बन्दिला वार्नापुरा, प्रशिक्षक जगत टमाटा र नेपाली टोलीका कप्तान पारस खड्काको टोलीले उक्त खेलाडीको अन्तिम घोषणा गरेको हो।
 
बन्द प्रशिक्षणको दोस्रो चरणमा २५ खेलाडी सहभागी थिए । नेपाल र नामिवियाबीचको उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ