arrow

आइएसआईएसका प्रमुख वगदादी मारिएको अमेरिकी राष्ट्रपति ट्रम्पले गरे पुष्टी, भने कुकुर झै मारिए

निर्मम हत्यारा वगदादी मारिदा भने डरपोक रुपमै मारिए

logo
प्रकाशित २०७६ कार्तिक १० आइतबार
trump7.jpg

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारकै नम्वर एक आतंकवादी मुस्लिम आतंकवादी संगठन आइएसआईएसका प्रमखु अबु बकर अल वगदादी सिरियाको पश्चिम उत्तर क्षेत्रमा मारिएको पुष्टी गरेका छन्।  

सिरिया इराक लगायतका देश हुँदै संसारभर आतंककारी गतिविधी गर्दै आएका वगदादीलाई अमेरिकी सेनाले सिरियामा मारेको पुष्टी गर्दै ट्रम्पले सो क्रममा अमेरिकी सेनातर्फ कुनै क्षती नभएको बताए। ट्रम्पले पत्रकार सम्मेलन गरि बगदादी मारिएको जनाएका हुन्। वगदादीलाई कार्वाही गर्नु राष्ट्रिय सुरक्षाको हिसावले आफ्नो प्रसासनको पहिलो प्राथमिकता रहिआएको उल्लेख गर्दै वगदादी मारेर न्याय गरेको ट्रम्पले बताए। 

वगदादी मारिनुको पछाडी विगत पाँच महिनादेखि गृहकार्य भएको बताइएको छ। वगदादी लुकी बसेको स्थानको सूचना पाएको पन्ध्र मिनेटमै अमेरिकी सेनाले उसलाई मारेको थियो। अमेरिकी सेनाको आक्रमण पछि लुक्दै टनेलमा पसेका वगदादीलाई अमेरिकी सेनाको कुकुरले समेत झम्टेर तानेको थियो।

२ करोड ५० लाख डलरको इनामको घोषणा गरिएको वगदादीलाई अमेरिकी सेनाले मार्ने क्रममा वगदादीका ३ बालबालिका समेत मारिएका छन्। उनको सुरक्षाका लागि रहेका आइसीसका लडाकुहरु पनि मारिएका छन्। उनका अन्य बालबालिका भने सुरक्षाकर्मीले सुरक्षित रुपमा वाहिर निकालेका थिए।  

पत्रकार सम्मेलनमा ट्रम्पले वगदादी मारिएको घटनालाई अमेरिकी सेनाको ठूलो सफलताको रुपमा चित्रित गर्दै भने, ' एक निर्मम हत्याराको कुकुर झै मृत्यु भएको छ। जो लामोसमयदेखि डरपोक झै लुकेर आतंकवादी गतिविधी गर्दै आएका थिए। ' वगदादी विरुद्धको कार्वाहीको क्रममा अमेरिकी सेनाको एक कुकुर घाइते भएको छ।  

यसअघी विहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीट 'Something very big has just happened' गरि केहि ठूलो घटना भएको जानकारी दिए लगत्तै सिरियामा वगदादी मारिएको अड्कल काटिएको थियो ।

वगदादी यस अघी पनि सन् २०१७ मा पनि अमेरिकी हवाई आक्रमणमा परि घाइते भएका थिए। संसारभर टाउको दुखाइ भएका वगदादी पहिलो पटक सन् २०१४ मा सार्वजनिक भएका थिए। उनी सन् २०१० देखि इस्लामिक स्टेट अफ इराकको प्रमुखको रुपमा उदाएका थिए। उनले सन् २०१४ मा आफूलाई इस्लामिकहरुको खालिफको रुपमा आफूलाई घोषणा गरेका थिए। 

पाकिस्तानमा अमेरिकी सेनाले नै अलकायदा प्रमुख ‌ओसामा विल लादेन मारिएपछिको वगदादी मारिएको घटनालाई सबैभन्दा ठूलो सफलता मानिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ