arrow

विदामा हेर्नुपर्ने विवादित १० बलिउड चलचित्र

logo
प्रकाशित २०७६ कार्तिक ११ सोमबार
banded.jpg

काठमाडौं ।  बलिउडमा चलचित्र र विवादको सम्बन्ध पुरानो नै हो । बलिउडमा थुप्रै चलचित्रहरू छन् जो विवादको कारण गर्दा सेन्सर बोर्डले रिलिज गर्न अनुमति दिएको थिएन् । साथै कति चलचित्रलाई रिलिज पछि प्रतिबन्ध समेत लगाइएको थियो ।

१. पाँच (२००३)
निर्देशक अनुराग कास्यपयको चलचित्र ‘पाँच’ जोशी अभिनरर को सीरियल मर्डर (१९९७) मा आधारित हो । चलचित्रमा हिंसा, अश्लील भाषा र लागूपदार्थको लत समावेश गरेको कारण सेंसर बोर्डले यस चलचित्र प्रदर्शनमा रोक लगाएको थियो ।

२. फायर (१९९६)
अर्को चलचित्र रहेको हो ’फायर’। निर्देशक दीपा मेहता द्वारा निर्मित चलचित्र फायरमा हिन्दु परिवारका दुई बहिनीहरूको लेसबियन सम्बन्धलाई देखाइएको छ । यो चलचित्रलाई लिएर शिवसेना सहित धेरै हिन्दु सङ्गठनहरूले दृढतापूर्वक विरोध गरेका थिए। यहाँ सम्म कि निर्देशक दीपा मेहता र अभिनेत्री शबाना अज्मी र नन्दिता दासलाई मार्ने समेतका धम्की दिएका थिए । सोही कारण अन्त्यमा सेन्सरले चलचित्र रिलिज हुन प्रतिबन्ध लगाएको थियो ।

३. कामसुत्र–अ टेल अफ लभ (१९९६)
निर्देशक मिरा नायरको चलचित्र ‘कामसुत्र’मा एक उपन्यासमा आधारित रहेको छ । यो चलचित्रमा धेरैनै खुलापन रहेको कारण प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको थियो । चलचित्रमा १६ औँ शताब्दीको चार प्रेमीहरूको कथा बोल्छ । चलचित्रलाई दर्शकले मन पराए पनि सेन्सर बोर्डले मन पराउन सकेन । सोही कारण सेन्सरले चलचित्रलाई प्रतिबन्ध लगाएको थियो ।

४. परजानिया (२००५)
गुररात दङ्गामा आधारित रहेको चलचित्रले निकै आलोचना पाएको थियो । यो चलचित्र २००२ को दङ्गाको समयमा अजहर गायबको जीवनीमा आधारित हो ।
यस कारण चलचित्रलाई लिएर गुजराती बासिन्दाहरुले विवाद गरेका थिए । धेरै विवाद भए पश्चात् चलचित्र गुजरातमा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको थियो ।

५.ल्याक् फ्राइडे (२००४)
लेखक एस हसन जेदीद्धारा लिखित उपन्यासमा आधारित चलचित्र ’ब्ल्याक प्राइडे’ निर्देशक अनुराग कश्यप को दोस्रो चलचित्र हो । जुन सेंसर बोर्ड द्वारा प्रतिबन्धित भएको थियो। यो १९९३ मा बम्बई बम विस्फोटमा आधारित चलचित्र हो । त्यस समयमा बम विस्फोटको मुद्दा अदालत मा जाँदै गर्दा उच्च न्यायनलयले चलचित्र प्रदर्शन गर्न रोकेको थियो ।

६. डेज्ड इन दान (२०१०)
दान स्कुल भारतको प्रसिद्ध विद्यालयहरू मध्ये एक हो। दान विद्यालयमा पढ्ने एक युवकको जीवनमा आधारित चलचित्र हो ‘डेज्ड इन दान’ । दान स्कुलको व्यवस्थापनले चलचित्रलाई नरुचाए पछि सेन्सरले प्रदर्शनको लागी अनुपति दिएन । स्कुल व्यवस्थापनले बिध्यालयको छविमा हानी हुने भन्दै मुद्दा हालेको थियो ।

७.सिंस (२००५)
२००५ मा प्रदर्शनमा आएको चलचित्र ‘सिंस’ कयौँ कारणले विवादमा आएको चलचित्र हो । चलचित्र केरलाको नाटकमा आधारित रहेको छ । एक महिला र पुरुषबिचको प्रेम सम्बन्ध बारे रहेको चलचिलाई क्याथोलिकहरूले विवाद गरेको थिए । चलचित्रमा नग्न दृश्य भएका कारण सेंसर बोर्ड र क्याथोलिकहरूले विरोध गरेका थिए । त्यसैले चलचित्रलाई सेंसर बोर्डले प्रतिबन्ध लगाएको थियो । तथापि, केही दृश्य हटाएसँगै चलचित्र प्रदर्शन गरिएको थियो ।

८.अनफ्रीडम (२०१५)
समलैंगिक जोडीको प्रेम कथामा आधारित चलचित्र ’अनफ्रीडम’ लाई पनि सेंसर बोर्डले प्रदर्शन गर्न रोक लगाएको थियो । चलचित्रमा पनि धेरैै भ्रामक यौन दृश्यहरू भएका कारण चलचित्र रिलिज गर्न अनुमति दिइएको थिएन ।

९.उर्फ प्रोफेसर (२०००)
निर्देशक पंकज आडवाणीको चलचित्र ’उर्फ प्रोफेसर’लाई पनि सेंसर बोर्डले प्रदर्शनको लागी रोक लगाएको थियो । चलचित्रमा, अभिनेता मनोज पहवा, अन्टाारा माली र शर्मन जोशी लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ । , नग्न दृश्य र खराब भाषाको कारण, सेंसर बोर्डले चलचित्रलाई प्रदर्शनको स्विकिृती दिएको थिएन् ।

१०.ब्याटिङ क्विन (१९९४)
बलिउड निर्देशक शङ्कर कपूरको चलचित्र ‘ब्याडिङ क्विन’ नग्नता र छाडापन धेरै भएको कारण सेन्सरले प्रदर्शनको लागी प्रतिबन्ध गरेको थियो । चलचित्रको कथा रानी फुलन देवीको वास्तविक जीवनमा आधारित रहेको थियो । जसमा सेन्सरले यौन सामाग्री , नग्नता र अपमानजनक भाषाको विरोध गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ