arrow

भारत र बंगलादेशबीच डे–नाइट टेष्ट क्रिकेट

logo
प्रकाशित २०७६ कार्तिक ११ सोमबार
india-cricket-test.jpg

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई पहिलो डे–नाइट टेष्ट क्रिकेटका लागि प्रस्ताव गरेको छ । 

बीसीबीका अध्यक्ष अकरम खानले आइतबार २–३ पहिले खेलको प्रस्ताव आएको बताएका हुन् । उनले बीसीसीआईलाई केही दिनमै जानकारी दिने बताएका छन् । 

बंगलादेशले यदि प्रस्तावमा सहमति जनायो भने इडन गार्डेन्समा डे–नाइट हुनेछ । भारत–बंगलादेशका बीच दुई टेष्ट सिरिज हुँदैछ । पहिलो टेष्ट नोभेम्बर १६ मा इन्दोरमा हुँदैछ । 

दोस्रो टेष्ट नोभेम्बर २२ मा कोलकातामा हुनेछ । यसअघि नोभेम्बर ३ देखि ३ खेलको टी–२० सिरिज खेल्नेछ । 

गत शुक्रबार बीसीसीआईका नयाँ अध्यक्ष सौरभ गांगुलीले डे–नाइट टेष्टमा विश्वास राख्ने बताउँदै भारतीय क्रिकेट कप्तान विराट कोहलीको सहमति लिँदै यो क्रिकेट हुने बताएका हुन् । 

डे–नाइट टेष्टको इतिहास
टेष्ट क्रिकेटको इतिहासमा पहिलो डे–नाइट टेष्ट सन् २०१५ मा एडिलेड ओभलमा अष्ट्रेलिया र न्युजिल्याण्डबीच भएको थियो । विश्व नम्बर एक भारतले भने डे–नाइट सुरु भएको चार वर्षसम्म पनि खेल्न सकेको छैन । 

पहिले भने भारतले यसमा रुची देखाएको थिएन । भारतले अष्ट्रेलियाको प्रस्ताव अस्वीकार गरेको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ