arrow

कार दुर्घटनापछि खलनायक बनेका शक्ति कपूर

logo
प्रकाशित २०७६ कार्तिक १२ मंगलबार
shakti.png

काठमाडौं ।  बलिउडका चर्चित खलनायक तथा हास्य कलाकार शक्ति कपूरले फिल्महरूमा सबै प्रकारका अभिनयहरू गरेका छन् । ३ सेप्टेम्बर १९५२ मा दिल्लीको करोलबागमा जन्मिएका शक्ति कपूरको वास्तविक नाम सुनील कपूर हो।

शक्ति कपूर एकदिन गाडि चलाएर कतै जादै थिए जब उनको कार मर्सिडीजसँग ठोक्कियो । शक्ति कपूर एकदम रिसाएर त्यसपछि कारबाट ओर्लिएर मर्सिडीजमा बसेका व्यक्तिसँग पैसा मागे। मर्सिडीजमा बसे व्यक्ति अरु कोही थिएनन् निर्माता निर्देशक फिरोज खान थिए । त्यो घटना त समाप्त भयो, तर फिरोजले शक्तिको स्टाइललाई धेरै मन पराए ।

 फिरोजले शक्तिको बारे साथीहरुलाई बताउदै भने,'एक केटा छ म त्यसलाई फिल्म 'कुर्बानी' मा खलनायक बनाउन चाहान्छु।' यसपछि शक्तिसँग कुरा गरियो र उनलाई फिल्ममा काम गर्ने मौका मिल्यो। शक्तिको अभिनय चलचित्रमा निकै रुचाइयो।

सुनील कपूरबाट शक्ति कपूर बन्ने उनको कथा पनि रमाईलो छ। वास्तवमा शक्ति सुनील दत्तसँग फिल्म 'रक्की' मा काम गरिरहेका थिए , जब सुनील दत्तले उनलाई भने,' सुनील नाम खलनायकमा राम्रो सुनिएन । उसको नाम जवरजस्त हुनुपर्छ ।' उनको नाम सुनील कपूरबाट यसरी शक्ति कपूरमा परिवर्तन भयो।

शक्ति बलिउडमा 'कुर्बानी' र 'रक्की' फिल्मबाट चिनिए । सो चलचित्रमा उनले खलनायकको भूमिका खेलेका थिए । यसपछि उनले 'हिम्मतवाला' र 'हीरो' जस्ता फिल्महरूमा खलनायकको भूमिका पनि खेले, तर यसपछि उनले आफूलाई कमेडीयनको रुपमा चिनाउन चाहे । धेरै फिल्महरूमा हास्य पात्र भएर पनि उनले अभिनय गरेका छन् । यसमा 'राजा बाबू', 'बाप नम्बरी बेटा दास नम्बरी', 'अंदाज अपना अपना', 'तोहफा', 'चलबाज' जस्ता फिल्महरू सामिल छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ