arrow

'कबीर सिंह' अघि शाहिदले छाडे ५ सुपरहिट चलचित्र

logo
प्रकाशित २०७६ कार्तिक १२ मंगलबार
shahid.jpg

काठमाडौं । हालसालै शाहिद कपूरको फिल्म कबीर सिंह सुपरहिट भयो । चलचित्रले ३०० करोड बराबरको कारोबार गरेको छ। शाहिद भारतीय सिनेक्षेत्रमा प्रवेश गरेको पनि १६ वर्ष पूरा भएको छ । शाहिदले केन घोषको फिल्मबाट बलिउडमा प्रवेश गरेका थिए । यसपछि बिस्तारै उनले सिनेमा जगतमा आफ्नो पकड बलियो बनाएका थिए ।

शाहिदले केही हिट फिल्म पनि दिइसकेका छन् । जसमा ‘चुप चुप के’, ‘जब वी मेट’, ‘विवाह’ जस्ता फिल्म सामेल छन् ।यहाँ शाहिदले १६ वर्षमा छाडेका ५ सुपरहिट फिल्मको चर्चा गरिएको छ –

१. रांझणा
समाचारका अनुसार शाहिद कपूरलाई सन् २०१३ मा आएको रांझणा फिल्मको अफर आएको थियो । जानकारीका अनुसार यो फिल्मका लागि निर्देशकको पहिलो प्राथमिकतामा उनी थिए । त्यतिबेला उनी ‘आर राजकुमार’मा काम गरिरहेका थिए । त्यसैले उनले यो फिल्मको प्रस्ताव अस्वीकार गरेका थिए ।

२. रकस्टार
समाचारमा बताइएअनुसार रणबीर कपूरभन्दा पहिला रकस्टार फिल्ममा शाहिद कपूरलाई प्रस्ताव गरिएको थियो । शाहिदले यो फिल्मको प्रस्ताव पनि अस्वीकार गरेका थिए । यो फिल्म पछि रणबीर कपूरले गरेका थिए । यो फिल्ममा रणबीर कपूरको अभिनयले सबैको मन जितेको थियो ।

३. ब्याङ ब्याङ
यतिमात्र नभई ऋतिक रोशनको फिल्म ‘ब्याङ ब्याङ’मा पनि शाहिद कपूरलाई प्रस्ताव गरिएको थियो । तर, उनले यो प्रस्ताव पनि अस्वीकार गरेका थिए ।

४. वान्स अपन अ टाइम इन मुम्बई
अक्षय कुमारको ‘वान्स अपन अ टाइम इन मुम्बई’ फिल्ममा पनि शाहिद कपूरलाई प्रस्ताव गरिएको थियो । यसले बक्स अफिसमा राम्रो सफलता पाएको थियो । यो फिल्मलाई पनि शाहिदले अस्वीकार गरेका थिए ।

५. शुद्ध देसी रोमान्स
सुशान्त सिंह राजपूत र परिणीति चोपडाको फिल्म ‘शुद्ध देसी रोमान्स’ सन् २०१३ म सार्वजनिक भएको थियो । यो फिल्म पनि दर्शकले अत्यधिक रुचाएका थिए । शाहिदले यो फिल्म खेल्न पनि अस्वीकार गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ