arrow

कैदीबन्दीले उत्पादन गरेको सामग्रीले बजार पाएन

logo
राजन परियार।
प्रकाशित २०७२ चैत २५ बिहिबार
mudha-seat.jpg.jpeg
सिन्धुली । सिन्धुली जिल्ला कारागारको अग्लो पर्खाल अनि काँडेतारको चौघेरा भित्र विभिन्न् अपराधमा कानुन अनुसार सजाय भोगीरहेका झण्डै एकसयको संख्यामा कैदीबन्दीहरु जेलजीवन विताइरहेका छन ।  जिल्ला कारागार शाखा सिन्धुलीमा रहेका ९७ जना कैदीबन्दीहरु मध्ये झण्डै ३ दर्जन कैदीबन्दीहरु विभिन्न् व्यवसाय गरिरहेका छन । हातमा सीप हुने हो भने परिस्थितिले जहाँ पुरयाए पनि हात बाधेर बस्नु पर्दैन भन्ने राम्रो उदाहरण कारागार भित्र उनीहरुले प्रस्तुत गरिरहेका छन । 
 
कारागारमा रहेका झण्डै ३ दर्जन कैदीबन्दी आयआर्जका लागि मुडा, नाङलो, बासका सजावटका सामाग्री बुन्न सक्रिय छन । कारागार प्रशासनका अनुसार कैदीबन्दीलाई सीपमूलक काममा सहयोग गर्ने उद्देश्यले मुडा लगायत बासबाट उत्पादीत सामाग्रीहरु बुन्न आवश्यक कच्चापर्दाथको व्यवस्था गरिएको छ । कारागारमा रहेका कैदीबन्दी मध्ये २० जना मुडा, १२ जना नाङलो र २ जना बासका सजावटका सामाग्री बनाउने पेशामा संलग्न छन । भने केहिले कानुनले प्रतिबन्ध लगाएका बाहेक दैनीक उपभोग्य सामाग्रीहरुको विक्रि गर्न पसल सञ्चालन गरेका छन ।
 
कैदीबन्दीहरुले उत्पादन गरेको मुढाको बजार मूल्य पाँच सय देखि आठसँय रुपैयाँसम्म पर्ने गरेको छ भने नाङलोको मुल्य तीन सयँ भन्दा माथी छ । मुडा बनाएर राम्रो अम्दानी गर्नका साथै मुढा बुन्ने सीपले भविष्यका लागिसमेत उनीहरुलाई फाइदा पुर्‍याएको उनीहरुको बुझाई छ । 
 
विगतका वर्षहरुमा मुडा विक्रि गरी राम्रो आम्दानी गर्दै आएका कैदीबन्दीहरु पछिल्लो सयममा मुडाको बजार खस्कँदै गएपछि भने चिन्तित भएका छन । मुडाले उचित बजार मूल्य नपाएपछि आफुहरुले आर्थिक कठिनाइ झेल्नु परेको उनीहरुको भनाई छ । आर्थिक उपार्जनका लागी कारागारभित्र फुर्सदको समयमा मुडा बनाउने गरिए पनि उचित बजार मुल्य र बजार नपाउँदा कममै बेच्नुपरेको कैदीबन्दीहरु वताउछन् । आजकाल मुडा बुन्ने पेशाले उनीहरुलाई व्यस्तमात्रै बनाएको छ  भने आम्दानी सोचेजस्तो नभएको देखिन्छ । 
 
कारागारका चौकीदार डम्बर श्रेष्ठले बजारमा उचित भाउ भए मासिक ५ सयभन्दा बढी मुडा बनाउन सक्ने बताए । हाल दैनीक २० वटा भन्दा बढी मुडा उत्पादन हुँदै आएको भएपनि उत्पादन अनुसार माग नभएको र बजार प्रबद्र्धन गर्न समेत नसकिएको उनले बताए । अहिले उनीहरुले उत्पादन गरेको मुडा बजार नपाएर कारागारमै संयौको संख्यमा थन्कीएर बसेको छ ।
 
उता जिल्ला कारागार शाखा सिन्धुलीका जेलर मातृका प्रसाद पहाडीले भने कैदी बन्दीहरुले उत्पादन गरेको सामाग्रीहरुको बजार व्यवस्थापनका लागी जेल प्रशासनको तर्फबाट सक्दो सहयोग गरीरहेको बताए । जेल प्रशासनसँग अनुमति लिएर आर्थिक उपार्जनको काम गरिरहेका कैदीबन्दीले उत्पादन गरेको सामाग्री संयौको सख्यामा थन्कीएर बसेको आफुलाई पनी नराम्रो लागेको भन्दै पहाडीले बजार व्यवस्थापन र उचित मुल्यमा विक्रि गराएर उनीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । 
 
३५ जनाको क्षमता रहेको सिन्धुली कारागारमा अहिले झण्डै एकसयँ कैदीबन्दी रहेका छन । कैदीबन्दी मध्ये पुरुष कैदीबन्दी ८९ जना र महिला कैदीबन्दी ८ जना रहेको जेलर पहाडीले जानकारी दिए । क्षमता भन्दा झण्डै तेब्बर कैदी बन्दी हुँदा दैनीक जीवनयापनमा समेत समस्या हुने गरेको कैदीबन्दीहरुले बताएका छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ