arrow

मेस्सी चम्किँदा बार्सिलोनाद्धारा गोलको बर्षा

logo
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
messi47.jpg

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले गोलको वर्षा गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियाल भालाडोलिडलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन अर्जेन्टाइन स्टार लियोनल मेस्सीले २ गोल गरे । यस्तै क्लेमेट लेन्ग्लेट, अर्टुरो भिदाल र लुइस स्वारेजले एक एक गोल गरे । भालाडोलिडका किको ओलिभासले एक गोल फर्काएका थिए ।

मंगलबार रातिको अर्को खेलमा एट्लेटिको मड्रिड र डिपोर्टिभो अल्भेसले १–(१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले १० खेलबाट २२ अंक जोडेको छ । १० खेलबाट ग्रानाडा २० अंकसहित दोस्रो स्थानमा छ । 

एथलेटिको मड्रिड ११ खेलबाट २० अंकसहित तेस्रो स्थानमा छ । १९ अंकबाट रियाल सोसिडाड र सेभिल्लाको १९ अंक छ । बार्सिलोनालाई टक्कर दिइरहेको रियाल मड्रिडको ९ खेलमा १८ अंक छ र छैटौं स्थानमा छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ