arrow

म्यानचेस्टर सिटीसहित को को पुगे काराबाओ कपको क्वाटरफाइनलमा ? 

लिभरपुल–आर्सनल र चेल्सी–म्यान्चेस्टर युनाइटेडबीच भिडन्त

logo
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
city4.jpg

काठमाडौं । इंगलिश क्लबहरुको इएफएल कप अर्थात् काराबाओ कप फुटबलमा म्यानचेस्टर सिटी क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटीले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जिताउन सर्जियो अग्युरोले दुई गोल गरे । निकोलस ओटामेन्डीले एक गोल गरे । साउथह्याम्पटनका ज्याक स्टेफेन्सले एक गोल फर्काए ।

अन्य खेलको नतिजा र जितसहित को को पुगे क्वाटरफाइनलमा 
मंगलबार रातिको खेलमा जित हात पार्दै लेस्टर सिटी, कोल्चेस्टर युनाइटेड, एभर्टन र अक्सफोर्ड युनाइटेड क्वाटरफाइनलमा पुगेको छ । 

लेस्टरले बुर्टोन अल्बियनलाई ३–१ गोल अन्तरले पराजित गर्यो । कोल्चेस्टरले क्रली टाउनलाई ३–१ गोल अन्तरले हरायो । एभर्टनले वाट्फोर्डलाई २–० गोल अन्तरले हरायो । 

अक्सफोर्डले भने सन्डरल्यान्डलाई पेनाल्टी सुट आउटमा ४–२ अन्तरले हरायो । यसअघि निर्धारित समयको खेलमा १–१ को बराबरी भएको थियो । 

बुधबार रातिका खेल
लिभरपुलले आर्सनलसंग राति १ः१५ बजे खेल्नेछ । राति १ः३० बजे एस्टन भिल्लाले वुल्भस्संग खेल्नेछ । चेल्सीले म्यान्चेस्टर युनाइटेडसंग राति १ः५० मा खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ