arrow

शकिब अल हसनलाई आईसीसीले लगायो दुई वर्षे प्रतिबन्ध

logo
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
shakib-al-hasan.jpg

काठमाडौं । बंगलादेश क्रिकेट टिमका कप्तान तथा अलराउन्डर शकिब अल हसनलाई दुई वर्षको प्रतिबन्ध लागेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भ्रष्टाचार  सम्बन्धि विषयमा नियम उलंघन गरेको आरोपमा शकिबलाई सबै खाले क्रिकेटमा एक वर्ष निलम्बनसहित दुई वर्षको प्रतिबन्ध लगाएको हो ।

आईसीसीको एन्टी करप्सन युनिटले शकिबद्धारा तीन मुख्य नियम उलंघन गरेको जनाएको छ । शकिबले आरोप स्वीकारेका छन् । 

शकिबले विभिन्न खेलमा सट्टेबाजीका लागि आएको प्रस्तावको रिपोर्ट आईसीसीलाई नदिएको आरोप लागेको हो । 

सन् २०१८ मा बंगलादेश, श्रीलंका र जिम्बावेबीचको ट्राइसिरिज र इण्डियन प्रिमियर लिगका खेलमा सट्टेबाजीको जानकारी पाए पनि शकिबले रिपोर्ट गरेका थिएनन् ।  

शकिबको प्रतिबन्ध सन् २०२० को अक्टोबर २९ मा फुकुवा हुनेछ । टी–२० तथा टेष्ट क्रिकेटका कप्तान ३२ वर्षीय शकिब एक दिवसीय क्रिकेटको अलराउण्डर वरियताको शीर्ष स्थानमा रहेका छन् । उनी भारतका लागि खेल्न आउने तयारी गर्दै गर्दा कार्वाहीमा परेका हुन् । 

शकिब कार्वाहीमा परेपछि बंगलादेशले भारतमा हुने टी–२० र टेष्टका लागि छुट्टाछुट्टै कप्तान बनाएको छ । टी–२० का लागि महमुदुल्लाह र टेष्टका लागि मोमिनुल हक कप्तान बनेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ