arrow

मोदीदेखि कोहली सम्मलाई ज्यानको खतरा

logo
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
narendra-modi1.jpg

काठमाडौं । भारतका शीर्ष व्यक्तित्वहरुमाथि ज्यानको खतरा रहेको बताइएको छ । भारतीय समाचार एजेन्सीका अनुसार राष्ट्रिय जाँच एजेन्सी (एएनआई) लाई आएको एक पत्र अनुसार सबैजसो शीर्ष व्यक्तित्वहरुलाई खतरा रहेको हो । 

राष्ट्रपति रामनाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई समेत आतंकवादी हमला हुन सक्ने भन्दै सुरक्षा बढाइएको छ । 

दिल्ली पुलिसले भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी, भाजपाका कार्यकारी अध्यक्ष जेपी नइडा लगायतलाई पनि ज्यानको खतरा रहेको बताएको छ । 

यो खतरापूर्ण पत्र पाएपछि सुरक्षाकर्मीले भारतीय क्रिकेट टिमको सुरक्षा बढाएको भारतीय मिडियाले लेखेका छन् । 

एनआईएले पत्र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई पठाएको छ । भारत र बंगलादेशबीच ३ नोभेम्बरदेखि टी–२० हुँदैछ । 

समाचार सुत्रहरुका अनुसार केरलको कोझिकोडको अल इन्डिया लश्करले शीर्ष व्यक्तित्वमाथि आक्रमण गर्न सक्ने दावी प्रहरीको छ । 

एएनआईले पत्र झुठो हुन पनि सक्ने तर यसमा कुनै नजरअन्दाज गर्न नसकिने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ