arrow

पारसको ठाउँमा ज्ञानेन्द्र मल्ल पुरुष क्रिकेटको नयाँ कप्तान

logo
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
gyanendra-malla.png

काठमाडौं। नेपाली पुरुष राष्ट्रीय टिमको कप्तानमा ज्ञानेन्दर् मल्ल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघले जानकारी दिए अनुसार अब राष्ट्रीय पुरुष टिमको जिम्मेवारी ज्ञानेन्द्रको काँधमा रहनेछ।

उनले मंसिरमा हुने १३औं दक्षीण एशीयाली खेलकुद (साग)मा नेपाली टोलीको कप्तानी गर्नेछन्। करिब दश बर्षदेखि पारस खड्काको कप्तानीमा खेलिरहेका ज्ञानेन्द्र टिमका उप-कप्तान पनि रहिसकेका छन्। प्राविधिक रुपमा राम्रो ब्याट्सम्यान मानिने ज्ञानेन्द्रले कप्तानीमा पनि सक्षमता देखाउँछन भन्ने आश गरिएको छ।

करिब तीन बर्षदेखि निलम्बित क्यानलाई आइसीसीले गत असोजमा निलम्बन फुकुवा गरेको थियो। फुकुवा लगत्तै कप्तान पारस खड्काले कप्तानीबाट राजिनामा दिएका थिए। उनले क्यानलाई नयाँ ढंगले अगाडी बढ्न सहयोग पुर्‍याउने हेतुले कप्तानीबाट राजिनामा दिएर सजिलो बनाएका थिए। उनले आफु पुन: कप्तान नहुने पनि बताईसकेका थिए।

नेपाली क्रिकेटका सफल कप्तान रहिसकेका पारसको अनुभवले ज्ञानेन्द्रलाई सहयोग मिल्नेछ भने पारसले कप्तानीको बोझ बिना अझ राम्रो प्रदर्शन गर्ने संभावना रहेको छ । पुर्वकप्तान र नयाँ कप्तानको जुगलबन्दी राम्रो रहन सकेमा नेपाली क्रिकेटलाई फाईदा पुग्ने निश्चित छ ।

आऊँदा दिनहरुमा ज्ञानेन्द्रलाई टिमका सदस्यहरुसँग समन्वय गरेर अगाडि बढ्दा क्यान, खेलाडीहरुबाट कस्तो साथ मिल्छ त्यस्ले बताउँने छ उनको र नेपाली क्रिकेटको भविष्य।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ