arrow

लिभरपुल र म्यान्चेस्टर युनाइटेड क्वार्टरफाइनलमा, आर्सनल र चेल्सी बाहिरिए 

logo
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
liverpool27.jpg

काठमाडौं । आर्सनललाई पराजित गर्दै इंगलिश प्रिमियर लिग लिडर लिभरपुल काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा आर्सनललाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै लिभरपुल क्वार्टरफाइनलमा पुगेको हो ।

एनफिल्डको घरेलु मैदानमा भएको खेल निकै रोमाञ्चक भएको थियो । निर्धारित समयसम्म ५–५ गोलको बराबरी भयो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो । पेनाल्टीमा लिभरपुलले ५–४ ले खेल जित्यो । पेनाल्टीमा आर्सनलका डानियल सेबालोस गोल गर्न असफल भएका थिए । 

अर्को खेलमा विजयी हुँदै म्यान्चेस्टर युनाइटेड पनि क्वार्टरफाइनलमा पुगेको छ । युनाइटेडले चेल्सीलाई २–१ गोल अन्तरले हरायो । युनाइटेडलाई जित दिलाउने क्रममा दुवै गोल मार्कस रासफर्डले गरेका हुन् । 

चेल्सीले घरेलु मैदानमा मिची बास्तुयीको गोल मार्फत बराबरी गरे पनि त्यसपछि फेरि रासफोर्डको गोलका कारण हार्न पुग्यो । 

एस्टन भिल्ला पनि क्वार्टरफाइनलमा पुगेको छ । भिल्लाले घरेलु मैदानमा वुल्भरह्याम्पटन वान्डेरर्सलाई २–१ गोल अन्तरले हरायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ