arrow

रियाल मड्रिड ५–० ले विजयी, यस्तो छ बाँकी खेलको नतिजा 

logo
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
karim-benzema1.jpg

काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलमा उपाधि दाबेदार रियाल मड्रिडले फराकिलो जित निकाल्दै शीर्ष स्थानको आर्सनलसंग दूरी घटाएको छ । 

बुधबार राति भएको खेलमा रियालले घरेलु मैदानमा लेगानेसलाई ५–० गोल अन्तरको फराकिलो जित निकालेर दोस्रो स्थानमा पुगेको हो । 

रियाललाई जित दिलाउन रोड्रिगो, टोनी क्रुस, सर्जियो रामोस, करिम बेन्जेमा र लुका जोभिकले एक एक गोल गरे ।

बुधबार रातिका बाँकी खेलको नतिजा
भ्यालेन्सिया १–१ सेभिया
रियाल सोसिडाड १–२ लेभान्ते
एथलेटिक बिलबाओ ३–० इस्पानियोल
रियाल बेटिस २–१ सेल्टा भिगो

अंक तालिका
अंक तालिकामा डिफेन्डिङ च्याम्पियन बार्सिलोना १० खेलबाट २२ अंकसहित पहिलो, रियाल मड्रिड १० खेलबाट २१ अंकसहित दोस्रो स्थानमा छ । २० अंकबाट ग्रानाडा, एथलेटिको मड्रिड र सेभिया तेस्रोदेखि पाँचौं स्थानमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ