रोनाल्डोले इन्जुरी समयमा गोल गर्दै जिताए युभेन्ट्सलाई
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
243
Shares
काठमाडौं । क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा इटालियन सिरिए फुटबलमा युभेन्ट्स विजयी भएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले गिनोआलाई २–१ गोल अन्तरले हराएको हो ।
घरेलु एलियान्ज मैदानमा ३६ औं मिनेटमा लियोनार्डो बोनुस्सीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।
त्यसको चार मिनेटमै क्रिस्टियान कोउमेले गोल गरेर बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफ तनावपूर्ण रह्यो ।
५१ औं मिनेटमा फ्रान्सेस्को कास्साटाले दोहोरो पहेलो कार्ड खाँदै बाहिरिँदा गिनोआ १० जना खेलाडीमा सीमित भयो ।
८७ औं मिनेटमा आद्रियान राबिटले पनि दोहोरो पहेलो कार्ड खाँदा युभेन्ट्स १० जनामा सीमित भयो ।
तर पेनाल्टीलाई सदुपयोग गर्दै इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई जिताए र शीर्ष स्थानमा पुर्याए ।