arrow

रोनाल्डोले इन्जुरी समयमा गोल गर्दै जिताए युभेन्ट्सलाई

logo
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
ronaldo52.jpg

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा इटालियन सिरिए फुटबलमा युभेन्ट्स विजयी भएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले गिनोआलाई २–१ गोल अन्तरले हराएको हो । 

घरेलु एलियान्ज मैदानमा ३६ औं मिनेटमा लियोनार्डो बोनुस्सीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । 

त्यसको चार मिनेटमै क्रिस्टियान कोउमेले गोल गरेर बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफ तनावपूर्ण रह्यो । 

५१ औं मिनेटमा फ्रान्सेस्को कास्साटाले दोहोरो पहेलो कार्ड खाँदै बाहिरिँदा गिनोआ १० जना खेलाडीमा सीमित भयो । 

८७ औं मिनेटमा आद्रियान राबिटले पनि दोहोरो पहेलो कार्ड खाँदा युभेन्ट्स १० जनामा सीमित भयो । 

तर पेनाल्टीलाई सदुपयोग गर्दै इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई जिताए र शीर्ष स्थानमा पुर्याए । 

बुधबार रातिका अन्य खेलको नतिजा
नापोली २–२ एटलान्टा
काग्लियारी ३–२ बोलोग्ना
लाजियो ४–० टोरिनो
साम्पोर्दिया १–१ लिस
सासुलो १–२ पियोरेन्टिना
युडिनेटस ०–४ एएस रोमा

अंक तालिका

१० औं चरणको समाप्तिसम्म २६ अंकबाट युभेन्ट्स पहिलो, २५ अंकबाट इन्टरमिलान दोस्रो र २१ अंकबाट एटलान्टा तेस्रो स्थानमा छ । 

१९ अंकबाट एएस रोमा चौथो स्थानमा छ । लाजियो, नापोली र काग्लियारीको समान १८ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ