arrow

सी सरकारद्धारा नागरिक नैतिकता दिशा–निर्देश जारी

जोड पारम्परिक मूल्य–मान्यता, दान र प्रतिवद्धता पूरा गर्नेमा 

logo
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
xi-china.jpg

काठमाडौं । चिनियाँ कम्युनिष्ट सरकारले आफ्ना नागरिकका लागि नैतिकता दिशा–निर्देश जारी गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ सरकारद्धारा जारी गरिएको निर्देशमा चिनियाँ नागरिकलाई आदर्श नागरिक बन्न पालना गर्नुपर्ने नियमहरु बनाइएको छ । 

सरकारले नागरिकका लागि बच्चा हुर्काउन सही ढंगले सार्वजनिक बिदा मनाउनेदेखि लिएर कपडा लगाउने सही तरीकासमेत सिकाएको छ । 

चिनियाँ सरकारले नैतिकता आत्मसात गर्नका लागि नागरिकलाई इमानदार तथा विनम्र बन्न पनि आग्रह गरिएको छ । सरकारले सभ्य नागरिकको परिचय दिनका लागि खाना खानेदेखि खेल्ने र विदेश रहेका बेलामा आफ्नो देशको सम्मान बनाइराख्न पनि निर्देशन गरिएको छ । 

चीन सरकारले देशको पारम्परिक मूल्य मान्यतालाई जोगाइराख्न पनि निर्देशन दिएको छ । जस्तो कि दान गर्नु, प्रतिवद्धता पूरा गर्नु, अनलाइनमा सकारात्मक टिप्पणी गर्नु तथा देशभक्तिको भावनालाई मजबुद बनाउन पनि सरकारले नागरिकलाई सल्लाह दिएको छ । 

यो नयाँ निर्देशलाई राष्ट्रपति सीको सिद्धान्तको प्रभाव मानिएको छ । नागरिकलाई सरकारले चिनियाँ भावना, चिनियाँ मूल्य र मान्यता तथा शक्तिको प्रचारप्रसार गर्न पनि भनेको छ । 

असभ्य तरीकाले प्रस्तुत नहुन पनि सूचित गरिएको छ । जस्तो कि सबवेमा खानु, स्पीकरमा म्यूजिक बजाएर होहाल्ला गरे कडा सजाय हुने पनि बताइएको छ । जरिवानाको राशी भने खुलाइएको छैन । तर सी पथ भने कडा देखिएको छ । 

सबै नागरिकलाई सी मार्गका बारेमा जानकारी लिन पनि निर्देश गरिएको छ । सी विचारधारा सन् २०१७ मा संविधानमा सामेल गरिएको थियो । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ